काठमाडौं : क्रिकेट खेलाडी
पारस खड्का कोरोना संक्रमित भएका छन् ।
उनको शुक्रबार
पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र
बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले फेसबुकमा लेखेका छन् ।
उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् ।
उनले चितवनमा हुने गौतम बुद्ध कप गुमाउने भएका छन् ।