बरेङ : बरेङ गाउँपालिकामा चट्याङ लागेर एक युवती घाइते भएकी छिन् । बरेङ गाँउपालिका वडा नम्बर २ दलेङमा चट्यान पर्दा २० वर्षीया सरिता बस्याल घाईते भएकी हुन् ।
सोमबार साझ ५ बजे वर्षासँगै परेको चट्यान लागेर बस्याल घाइते भएको उनको श्रीमान खेम बहादुर बस्यालले जानकारी दिए । घरका ४ जना परिवार बसेर खाजा खाईरहेको समयमा एक्कासी चट्यान परेपछि
सरिता बेहोस भएर ढलेकी थिइन् । बेहोस बस्याललाई बरेङ गाउँपालिका वडा नम्बर २ बरेङमा रहेको बिहानी पोलीकिल्नीकमा ल्याएर उचार
सुरु गरिएको बताइएको छ । सँगै रहेका अन्य सदस्यहरु भने सकुसल रहेका छन् । चट्यान बाटअन्य भौतिक क्षति बारे जानकारी आउन बाँकी छ ।