काठमाडौँ : देशभर दिनप्रतिदिन जुवाडेहरु पक्राउ पर्दै गइरहेका छन् । प्रहरीले उनीहरुलाई थोरैदेखि धेरै रकमसँग पक्राउ गरि रहेको छ ।
यसै क्रममा महानगरीय प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेका १७ जनालाई ठूलो परिमाणको नगद सहित पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँ समेत बरामद भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले बताइन् ।
प्रहरीले जुवाखालबाट कौडा र तास समेत बरामद गरेको छ । केही समय अगाडी पनि प्रहरीले विभिन्न स्थानबाट लाखौँ रकमसहित जुवाडेलाई पक्राउ गरेको थियो ।