बागलुङ : बागलुङमा प्रहरीले जुवा खेल्दै गरेका ६ जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधाराचोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जुवाखेली रहेको भनि सूचना पाएपछि प्रहरी जुवा खेलिरहेको स्थानमा पुगी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई ३५ हजार एक १० रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकलाव हवारीले जानकारी दिए ।
प्रहरीले स्थानीय डोलेन्द्र केसीको घरबाट उनीसहित ६ जनालाई पक्राउ गरेको हवारीले बताए । पक्राउ पर्नेमा घरधनी डोलेन्द्र केसी, बागलुङ नगरपालिका वडा नम्बर ३ का राजेन्द्र धमाला, सोही स्थानका राजेन्द्र गौडेल,
बीरगंज महानगरपालिका घर भएका मनोज शाह, बागलुङ नगरपालिका वडा नम्बर १ का राजु बर्देवा र गोरखा घर भएका कृष्ण सुनार रहेको हवारीले बताए । यसबारेमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।