खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • फाल्गुण ८, २०७७ शनिवार
  • ११:३६:३१ बजे
  • 3.6K
    SHARES
  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं : दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।

    जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख डीएसपी भेषराज रिजालले अनलाइनखबरलाई बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।

    प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले बताए ।

    श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार