श्रीमानले गरे खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या

श्रीमानले गरे खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या

  • पौष २१, २०७७ मंगलवार
  • १३:३८:२९ बजे
  • 4.7K
    SHARES
  • श्रीमानले गरे खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या

    इलाम : देउमाई नगरपालिका वडा नम्बर ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ ।

    आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ ।

    घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ ।

    उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार