नेपाल शिक्षक संघ बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघ बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको प्रतिनिधि सभा सम्पन्न

  • फाल्गुण ९, २०७७ आइतवार
  • ०७:३१:१३ बजे
  • 5.3K
    SHARES
  • नेपाल शिक्षक संघ बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको प्रतिनिधि सभा सम्पन्न

    रामशरण पोख्रेल, बाग्लुङ : नेपाल शिक्षक संघ बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले संयुक्त तेस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न गरेको छ । 

    कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले हरेक शिक्षकको समस्यालाई लिपिबद्द गरि अधिकारको लागि सरकार समक्ष जोडदार माग गर्नुपर्ने बताए । 

    उनले समग्र देश विकासको लागि शिक्षकले अतुलनीय सहयोग गरेकोमा सरकारबाट सोचे अनुरुप सम्मान नहुनु दुखको कुरा भएको बताए ।  कार्यक्रमको अवसरमा नेपाली काङ्ग्रेस

    जिल्ला पार्टी सभापती दिपेन्द्र थापा, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका मुख्य सचेतक तथा गण्डकी प्रदेश सांसद मणिभद्र शर्मा कंडेल, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष

    उमाकान्त शर्मा, नेपाली काङ्ग्रेस पुर्व पार्टी सभापति हरि प्रसाद श्रेष्ठ,  महासमिती सदस्यहरु जगदीशचन्द्र उपाध्यक्ष, भिम श्रीस,होम बहादुर हमाल, नेपाल बिद्यार्थी संघ पुर्व केन्द्रिय

    सहमहामन्त्री हरिहर शर्मा, महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी, नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला अध्यक्ष इश्वरठाकुर पौडेल, तरुण दल जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबू,

    नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष खडक थापा लगायतले बोलेका थिए ।  नेपाल शिक्षक संघ पुर्व केन्द्रीय सदस्य नारायण शर्मा पौडेल, नेपाल शिक्षक संघ पुर्व जिल्ला अध्यक्ष जगन्नाथ आचार्य,

    नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, नेपाली काङ्ग्रेस जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, ज्ञानु श्रीस शर्मा,  शिक्षक युनियन पुर्व अध्यक्ष गोपाल कुमार शर्मा,

    नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष द्वय सीता शर्मा र डिल्लिराज अर्याल, नेपाल दलित संघ जिल्ला अध्यक्ष तारा बहादुर बिक, नेपाल शिक्षक संघ जिल्ला अर्थ सचीव राजेन्द्र पौडेल, 

    नेपाली काङ्ग्रेस बानपा अध्यक्ष महेन्द्र आचार्य, भुपु शैनिक संघ का अध्यक्ष क्याप्टेन हरि बहादुर भण्डारी, नेपाल शिक्षक संघ संघीय प्रतिनिधि हुमा रिजाल, नेपाल शिक्षक संघ

    सल्लाहकार भीष्म कंडेल, हरि प्रसाद शर्मा, भिम सापकोटा लगायतले बोलेका थिए । नेपाल शिक्षक संघ बागलुङ नगरपालिका अध्यक्ष कुमार प्रसाद उपाध्यायको अध्यक्षतामा

    सम्पन्न कार्यक्रममा संघका बागलुङ नगर अर्थ सचिव घनश्याम रिजाल र काठेखोला गाउँपालिकाका अर्थ सचिव नन्दकुमारी ठकुरीले आर्थिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संघका काठेखोला गाउँपालिका अध्यक्ष जगुपती कंडेल को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।संघको यहि फागुन २७ गते जिल्ला प्रतिनिधि सभा गरिने संघका जिल्ला अध्यक्ष उमाकान्त शर्माले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल शिक्षक संघ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार