नेपाल शिक्षक संघ बागलुङद्वारा गलकोटमा ३ पालिकाको प्रतिनिधि सभा

नेपाल शिक्षक संघ बागलुङद्वारा गलकोटमा ३ पालिकाको प्रतिनिधि सभा

  • फाल्गुण १५, २०७७ शनिवार
  • २०:११:५७ बजे
  • 4.4K
    SHARES
  • नेपाल शिक्षक संघ बागलुङद्वारा गलकोटमा ३ पालिकाको प्रतिनिधि सभा

    गलकोट : नेपाल शिक्षक संघ बागलुङले स्थानीय तहहरुमा तेस्रो प्रतिनिधि सभा गरिरहेको छ । शनिबार गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिकाको गलकोट निलुवामा सम्पन्न भएको छ ।

    प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेपाल शिक्षक संघका संघीय कार्य समिति महासचिव अर्थ पुष्पकला भट्टराईले शिक्षकहरु आफ्नो पेशा प्रति उत्तरदायी बनी संगठन निर्माणमा जुट्नु पर्ने बताइन् ।

    उनले शिक्षकमाथि भएको समस्याहरु समाधान गर्ने दायित्व शिक्षक संघको नेतृत्वमा भएको  बताइन । भट्टराईले नेपाली कांग्रेसले शिक्षाकहरुले पार्टी प्रति गरेको योगदानको मुल्यांकन गरी संघसंगठनका गतिविधिमा नजिकबाट नियाल्न नसकेको समेत गुनासो गरेकीन् । 

    उनले शिक्षकहरुलाई अभिभावक र विद्यार्थीले समाजको दियोको रुपमा लिएको हुँदा पेशा प्रती कर्त व्यनिष्ठ हुन जरुरी रहेको बताउदै नेपाल शिक्षक संघ कांग्रेसको सच्चा सारथि भएको बताइन् । शिक्षकहरुलाई नेपाल शिक्षक संघमा आवद्ध हुन आग्रह समेत गरीन् । 

    कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, जिल्ला अध्यक्ष उमाकान्त पौडेल, महिला संघका केन्द्रीय सदस्य पार्वती आचार्य, काङ्ग्रेसका पुर्व जिल्ला सदस्य मञ्जेशबम मल्ल नेपाल शिक्षक संघका पुर्व केन्द्रीय सदस्य नारायण शर्मा पौडेल, 

    शिक्षक संघ तनहुँका सहसचिव शान्ता बास्तोला, काङ्ग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी, महाधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसे, बडिगाड गाउपालिका ७ का वार्ड अध्यक्ष कृष्ण गुरुङ,

    गलकोट नगरपालिका वडा न ८ का अध्यक्ष राम प्रसाद कँडेल, शिक्षक संघ जिल्ला उपाध्यक्ष सीता शर्मा, सचिव हेमराज गैरे, सचिव अर्थ राजेन्द्र पौडेल तमानखोला गाउँपालिकाका संयोजक

    सत्यनारायण सिंह लगायतले बोलेका थिए । गलकोट नगरपालिका अर्थ सचिव टिकाराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल शिक्षाक संघ बागलुङ देसभर मै उत्कृष्ट भएको भन्दै ताराखोला,

    बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाको तर्फबाट सयुक्त रुपमा सम्मान गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ गलकोट नगरपालिकाका संयोजक हरि चालिसेको अध्यक्षता, ताराखोला

    गाउँपालिकाका संयोजक भिम बहादुर रोकाको स्वागत र बडिगाड गाउपालिका सचिव कमल खरेलको संचालनमा सम्पन्न भएको थियो। संघ यहि २७ गते जिल्ला प्रतिनिधि सभा बागलुङमा गर्ने तय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल शिक्षक संघ

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार