प्रचण्ड–माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, कुन जिल्लामा कसको नेतृत्व हेनुहोस् सूचीसहित

प्रचण्ड–माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, कुन जिल्लामा कसको नेतृत्व हेनुहोस् सूचीसहित

  • फाल्गुण १०, २०७७ सोमवार
  • ०७:२७:५३ बजे
  • 3.6K
    SHARES
  • प्रचण्ड–माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, कुन जिल्लामा कसको नेतृत्व हेनुहोस् सूचीसहित

    काठमाडौँ : विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समुहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पार्टी विभाजन भएपछि प्रचण्ड–माधव समुहले अध्यक्ष र सविचवको टुंगो लगाएको हो ।

    पूर्व माओवादी पक्षले ३५ जिल्ला र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । आइतबार (हिजो) मात्रै पार्टी संगठन भित्र ५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । 

    अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ। जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।

    छ।

    याे पनि पढ्नुहाेस्

    प्रचण्ड–माधव नेपालबीच ५०र५०प्रतिशतको सहमति
    काठमाडौं स् नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ।शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले

    ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा  आधारहरुमा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०र५० प्रतिशत हुने भएको छ ।

    मापदण्ड अनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया

    ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ । यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य  संख्यामा पनि ५०/५० प्रतिशत हुनेगरी विशेष व्यवस्था गर्न सहमति भएको छ । एमाले र माओवादीबीच एकता हुँदा ६०र४० को अनुपातमा एकता भएको थियो ।

    यो पनि
    प्रधानमन्त्री ओलीको ‘निशाना’ सूची बढ्दै स् थपिए झाँक्रीदेखि उपराष्ट्रपति पुनसम्म !
    प्रतिनिधिसभा विघटनपछि अर्थात् पुस ५ पछि प्रायः आफ्ना भाषणहरुमा प्रचण्ड, माधवकुमार नेपाल लगायत नेकपाका विभिन्न नेताहरुको चर्को आलोचना गर्ने र व्यक्तिगत लाञ्छना लगाएर समय खर्चिने गरेका प्रधानमन्त्री केपी शर्माले निशानाको सूची लम्ब्याएका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबारसम्म आइपुग्दा त्यो सूचीमा नेकपा नेतृ रामकुमारी झाँक्री र उपराष्ट्रपति नन्दबहादुर पुनको नामसमेत थपेर आफूले आलोचना गर्ने व्यक्तिको संख्या बढाएका हुन् ।

    सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई मन नपरेका नेताहरुलाई होच्याउन छुद्र टिप्पणी गर्दै आएका छन् । यस क्रममा उनले नेताहरुलाई केटो, धामी, झाँक्री बैद्य, लगायतका उपमा जोडेर निशाना बनाउने गरेका छन् ।

    शनिबार प्रदेश १ को विराटनगरमा आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई ‘सत्य’ साबित गर्ने क्रममा संघीय सांसदसमेत रहेकी तथा कुनै बेलाकी आफ्नै कार्यकर्ता र चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीदेखि

    नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा हुँदै उपराष्ट्रपति नन्दबहादुर पुन समेतको चर्को आलोचना गरे । प्रधानमन्त्री ओली त्यतिमा मात्रै रोकिएनन्, उनले सर्वोच्च अदालतमाथि पनि धम्कीको भाषा प्रयोग गरे ।

    अदालतलाई धम्की

    प्रधानमन्त्री ओलीले झाँक्री, प्रचण्ड, सापकोटा र पुनपछि सर्वोच्च अदालतलाई समेत चेतावनीको शैलीमा आफ्नो पक्षमा भएका देशभरका सभा र भीडलाई हेरेर विश्लेषण गरेको हुनुपर्ने भन्दैै प्रतिनिधिसभा विघटनबारे आफ्नो पक्षमा फैसला आउनुपर्ने आशय व्यक्त गरे ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालत फैसला सुनाउने चरणमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन गर्ने धम्की नै दिए ।

    ‘यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं’, ओलीको भनाइ थियो ।

    प्रचण्डसँग जोडे वैद्य, डाक्टर र झाँक्रीको प्रसङ्ग

    प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–माधव पक्षले केही दिनअघि काठमाडौंमा गरेको सभाभन्दा आफ्नो पक्षले विराटनगरमा गरेकोसभा ठुलो भएको र जनता कसको पक्षमा छन् भन्ने देखिएको दावी गरे ।

    सोही क्रममा प्रचण्ड–माधवलाई आफ्नो सभा हेर्न निम्ता गरेका ओलीले भने, ‘म उहाँहरुलाई यहाँ आएर हेर्न भन्न चाहन्छु । यता आएर हेर्नुस् । यो चौरीमा मान्छे अट्नुभएको छैन । आजको सभा कत्रो छ भने ड्रोेनहरुले पनि खिच्न सकेको छैन, माथि चन्द्रमाले मात्रै देखेको छ ।’

    प्रचण्डप्रति आफुलाई माया लाग्ने भन्दै ओलीले ‘प्रचण्ड कुनै बेला बैद्य, त्यसपछि डाक्टर र अहिले झाँक्रीको साथमा हिँडेको’ आरोप लगाए । झाँक्री तिनै नेतृ हुन् जो प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा छिन् ।

    उनलाई केही दिनअघि प्रहरीले पक्राउ गर्न खोज्दा उनका हजारौं समर्थकले विरोध गरेपछि केही घण्टा नियन्त्रणमा लिएर उनलाई छाड्न सरकार बाध्य भएको थियो ।

    प्रचण्डलाई लक्षित गर्दै सभामा प्रधानमन्त्री ओलीले भने, ‘उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोड्नु भो त्यसपछि डाक्टरसँग हुनुभयो । डाक्टरले पनि छाडे, त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ । तर अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’

    प्रचण्डले राजनीतिमा सफलता पाउन नसक्ने बताएका ओलीले आफैले उनलाई ठुलो जुरो र अलिकति सिङ हालिदिएको तर त्यसपछि प्रचण्डमा अहंकार थपिएको दावी गरे ।

    सभामुख र उपराष्ट्रपतिमाथि किन खनिए ओली ?

    प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर उपराष्ट्रपति र सभामुखविरुद्ध समेत सार्वजनिक रूपमा आलोचना गर्न भ्याएका छन् ।  ‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने,

    सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठिक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ रु उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसे कम चुनावतिर आउनुस्’, ओलीको भनाइ थियो ।

    केही दिनअघि पत्रकार महासंघको कार्यक्रममा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि जनाएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमाथि निशाना साँधेका हुन् । प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिलाई मात्रै अर्ति उपदेशमात्रै दिएनन्, सभामुख सापकोटालाई त ‘झगडिया’ नै भने ।

    ‘सरकारविरोधी झगडिया हो सभामुख रु सभामुखले झगडिया हुन सुहाउँछ रु सभामुख चुनेको झगडिया हुनका लागि हो रु तर, उहाँ झगडिया हुन जानुभएको छ । उहाँले कीर्ते सनाखत गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा, सभामुखजस्तो पदको मान्छेले कीर्ते सनाखत गर्छ रु

    साढे तीन बजे दर्ता गर्न लागेको कुरालाई १०ः४० मा ल्याएका थिए भने भनेर सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ सभामुखजस्तो पदका लागि रु’ ओलीले प्रश्न गरे । प्रधानमन्त्री ओलीका पछिल्ला कदमलाई साथ दिन छोडेपछि उनी सभामुखविरुद्धको टिप्पणी तथा आलोचनामा उत्रिएका हुन् ।

    सत्य बोल्दा ओलीको निशाना

    संविधानमै नभएको अधिकार आफुलाई छ भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर, उनको यो कदमपछि मुलुककै राजनीति दुई धु्रवमा विभाजित छ । ठुलो संख्यामा रहेको जनसंख्या, राजनीतिक पार्टी लगायत विभिन्न संघ संस्थाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विरोध गरिरहेका छन् ।

    आफ्नो कदमको विरोध गर्नेहरुलाई ओलीले पनि छानीछानी जवाफ फर्काउने गरेका छन् । उनले सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्मलाई प्रभावित पार्ने गरी चेतावनीको शैलीमा धम्की दिने गरेका कयौं उदाहरण छन् । पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा विघटन

    गरेका ओलीले आफ्नो विपक्षमा जनमत बढ्दै गएपछि आफुलाई सही साबित गर्न कसैलाई गालीगलौज त कसैलाई धाकधम्की देखाइरहेका छन् । उनको यो प्रवृत्तिलाई विश्लेषकहरुले प्रमुख मुद्दाबाट विषयलाई अन्तै मोड्ने प्रयत्नका रुपमा बुझेका छन् ।

    विश्लेषक भन्छन्– मुद्दालाई डाइभर्ट गर्ने मेसो

    प्रधानमन्त्री ओली व्यक्तिगत टिप्पणी गर्न रमाउनुमा दुईवटा कारण रहेको राजनीतिक विश्लेषक डा। खगेन्द्र प्रसाईं बताउँछन् । पहिलो, त्यस्तो टिप्पणी गर्दा ताली पिट्ने, हाँसिदिने, रमाउने र त्यसको प्रचार गरिदिने जमात रहेका कारण यस प्रकारको प्रवृत्ति बढेको उनको भनाइ छ ।

    ‘त्यो जमातले हाँस्न वा ताली पिट्न छोड्यो भने त्यसपछि उहाँ त्यस्तो टिप्पणी गर्न छोड्नुहुन्छ’, विश्लेषक प्रसाईं भन्छन् । त्यस्तो टिप्पणी व्यक्तिको विशेषताबाट मात्रै उत्पत्ति नहुने उनको भनाइ छ । त्यस्तै, दोस्रो कारणमा सैद्धान्तिक कुरा गरेर समाज, राष्ट्रलाई भिजन देखाएर अघि बढ्ने ठाउँमा कमजोर भएपछि राजनीतिक गेमका लागि त्यस्ता टिप्पणी र अभिव्यक्तिहरु आउने प्रसाईंको भनाइ छ ।

    प्रसाईंले अन्य देशका प्रधानमन्त्री वा राष्ट्रपतिहरुले पनि सार्वजनिक कार्यक्रमहरुमा त्यसरी व्यक्तिगत टिप्पणीमा आफ्नो समय खर्चिने गरेको बताए । अमेरिका, वेलायत वा भारतमा समेत त्यस्तो प्रवृत्ति बढेको उनको भनाइ छ । त्यस्तो किन भइरहेको छ भन्ने प्रश्नमा उनले भने,

    ‘अब यस्तो लिवरल सिद्धान्तको प्रचार गरेर तपाईंले भोट माग्न सक्नुहुन्न । विरोध पनि गर्न सक्नुहुन्न । किनभने वरिपरि पूँजीपति वर्ग छ । त्यसैले मुद्दा र सिद्धान्तबाट मानिसलाई बाहिर निकाल्न यस्ता टिप्पणीहरु बढी गर्नुप(यो । ओलीले पनि गरेको त्यही हो ।’

    प्रधानमन्त्री ओलीले आफुले गरेको प्रतिनिधिसभा विघटनको सैद्धान्तिक, नैतिक र संवैधानिक ढंगले डिफेन्स गर्न नसकेपछि व्यक्तिका बारेमा बोल्ने गरेको प्रसाईंको टिप्पणी छ । ‘प्रधानमन्त्रीले आफुले गरेको संसद विघटनको सैद्धान्तिक, नैतिक र संवैधानिक ढंगले डिफेन्स गरे त राम्रो हुन्छ नि । चाहेको पनि त्यही हो, उहाँ ठिक कि बेठिक भन्ने त पछि फैसला हुँदै जान्छ तर, उहाँले त्यो बाटो रोजेको देखिँदैन’, उनले भने ।

    ‘प्रधानमन्त्री नै कुसंस्कारी’

    अर्का विश्लेषक पुरञ्जन आचार्यले यस्ता हलुका टिप्पणी गर्ने प्रधानमन्त्री ओलीको आदत नै भएको बताए । यसले प्रधानमन्त्री ओली संस्कारी नभएको पुष्टि हुने उनको भनाइ छ ।

    ‘हुन त उच्च पदमा बसेको मानिसले यस्ता टिप्पणीहरु गर्नुहुँदैन भनेर सहयोगीहरुले सम्झाउने काम गरेकै होलान् । उनको त्यो आदतबाट के बुझिन्छ भने उनी संस्कारी छैनन्’, आचार्यले भने, ‘उनले समकक्षीहरुसँगको कुण्ठालाई राजनीति र राजकाजमा ल्याएर जोडे । त्यो कस्तो कुण्ठा हो रु के हो रु त्यसबारेमा कम्युनिस्ट आन्दोलनकै चिरफार गर्नुपर्छ ।’

    ओलीले प्रधानमन्त्री भएपछिमात्रै होइन, आफू प्रधानमन्त्री नभएका बेलामा पनि आफ्ना साथीभाइ र इष्टमित्रलाई अपमानित गर्ने, अनेक टिप्पणी गर्ने गरेको उनले सुनाए ।

    ‘यस्ता टिप्पणी अत्यन्तै अशोभनीय, अमर्यादित र असन्तुलित  दिमागको उपज हो । प्रधानमन्त्रीले नै यस्ता टिप्पणीहरु गर्न थालेपछि समाज कुन बाटोमा जान्छ रु’ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकारसमेत रहेका आचार्यको भनाइ छ ।

    आचार्यका अनुसार नेपाली राजनीतिक इतिहासमा नेताहरुबीच कलह र शक्ति संघर्षका उदाहरण प्रशस्तै देखिए पनि ओलीले झैं कुनै पनि नेताले कसैमाथि व्यक्तिगत टिप्पणी र आलोचना नगरेको दावी गरे ।

    उदाहरण दिँदै उनले भने, ‘बिपी कोइराला र गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, शेरबहादुर देउवा र सुशील कोइराला लगायतबीच शक्ति संघर्ष चुलिएका समयमा समेत ओलीको शैलीमा कसैले पनि कसैमाथि व्यक्तिगत लाञ्छना र टिप्पणी गरेको पाइँदैन ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड–माधव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार