देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–माधवको ‘अफर’

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–माधवको ‘अफर’

  • फाल्गुण १२, २०७७ बुधवार
  • १५:२८:१९ बजे
  • 6.0K
    SHARES
  • देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–माधवको ‘अफर’
    शेरबहादुर देउवा

    काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ ।  नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो । 

    देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् । नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको आफुले पाएको बताए । ‘छलफल भयो । नेताहरु समझदारीबाटै अघि बढ्ने कुरामा सहमत हुनुभएको बुझिएको छ’ सापकोटाले जानकारी दिए । 

    यसअघि प्रचण्ड र माधव दुवै नेताले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अगाडि सारेको बताएका थिए ।  ‘बुधबारको छलफलमा पनि उहाँहरु प्रचण्ड–माधवले सोही कुरा प्रस्तावका रुपमा अगाडि सार्नुभयो । त्यसमा सभापति ज्यु पनि सकारात्मक हुनुहुन्छ’ देउवा निकट स्रोतले भन्यो, ‘पार्टीमा छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’ 

    देउवाका सहयोगी भानु देउवाले पनि प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड नेपाल आएको भन्दै ठोस समझदारी हुन बाँकी रहेको प्रतिक्रिया दिए ।

    सम्बन्धित समाचार