देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड भन्छन्

देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड भन्छन्

  • माघ ७, २०७७ बुधवार
  • ११:३९:४४ बजे
  • 4.3K
    SHARES
  • देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड भन्छन्

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

    संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डले बताउनुभएकाे हाे ।

    प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले

    उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

    प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ ।

    संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

    आफूले प्रधानमन्त्री पदमा दाबी नगरेकोसमेत प्रचण्डले बताए । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ अहिले, तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीले देशलाई

    डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभाछ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु ।’

    उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए ।

    ‘हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता,

    यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’

    सम्बन्धित समाचार