ताज्जुब लाग्छ, दाहालले मलाई पार्टीबाट निकाल्ने रे : ओली

ताज्जुब लाग्छ, दाहालले मलाई पार्टीबाट निकाल्ने रे : ओली

  • पौष ७, २०७७ मंगलवार
  • १९:५०:३४ बजे
  • 3.1K
    SHARES
  • ताज्जुब लाग्छ, दाहालले मलाई पार्टीबाट निकाल्ने रे : ओली
    फाइल तस्बिर

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सानो समूह कुन ब्याट्री र कसको पम्पबाट चलेका हुन थाहा नभएको बताएका छन् ।  उनले नेकपाभित्रका आफ्ना समर्थकहरूको बालुवाटार भेलामा यस्तो बताएका हुन् ।

    ‘अहिलेसम्म पार्टी विभाजन भएको छैन । हामीलाई केहीले मिलाउन सकेन अब निर्वाचनले मिलाउँछ कि रु हाम्रो सवै शक्ति एकजुट भएर निर्वाचनमा लाग्‍नुपर्छ,’ उनले भने, ‘एकजुट भएर निर्वाचनको काममा अघि बढौं । बेग्लै संसारबाट कसैले दिएको ब्याट्री र पम्पमा अघि नबढौं ।’

    ‘उहाँहरु अहिले सफल हुनु भएको होला । छुट्टै भेला गरेको सुनेको छु । मैले सबैलाई निम्ता दिएको थिएँ तर आएनन् त के गर्नु ? उहाँ (पुष्पकमल दाहाल) ले भन्दा १० वर्ष अघि पार्टीको सदस्य लिएको हुँला,’ ओलीले भने,

    ‘अब सुन्दै रमाइलो लाग्‍ने मलाई ताजुव लाग्दै छ, दाहालले मलाई पार्टीबाट निकाल्दिने रे ।’ जगजाहेर छ केपी ओली यस्ता कुरामा अल्झेर बस्दैन भन्दै उनले भने, ‘कहाँ-कहाँबाट निकाल्छन् हामी अल्झिदैनौं । हेर्दै जाऔँ ।  हामीले समाजवादको महान् उद्देश्य बोकेका छौं । समृद्ध नेपाल सुखी नेपाली नै हाम्रो चाहना हो ।’

    राज्यको ऐन कानुन र  लोकतान्त्रिक न्याय अनुरुप काम गर्नेसमेत बताउँदै उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाल हाम्रो राष्ट्रिय उद्देश्य हो । पार्टी सधैँ रुमल्लिने अवस्था छ ।’

    यस्तो कार्यमा सरकार अघि बढिरहँदा केही लोभ, पदमा रहुनपर्ने लोलुपताको कारण कहिले राष्ट्रप्रमुखलाई महाअभियोग लगाउने र नेतामाथि अविश्वासको प्रस्ताव राख्‍नेतिर खेती चलिरहेको उनले बताए ।

    ‘पार्टी एकीकरण गरेर अघि बढाउने होइन बरु उहाँहरु भत्काउनेतर्फै लाग्‍नु भएको छ । कहिले कुदेर राष्ट्रपतिकोमा त कहिले सभामुखकोमा पुग्‍ने अनि अनेकन् कुण्ठा र राजनीतिको खेती गर्नुभएको छ ।

    त्यसकारण निश्चित समयभित्र आगामी ११ महिनामा महाधिवेशन गरिसक्ने छौं,’ ओलीले भने, ‘सरकारले चुनाव घोषणा गरिसकेको छ । अब त्यसमा लाग्‍नुपर्छ । विघटनमा जानु भन्दा निर्वाचनमा गएर एक हौँ ।’

    ओलीले जनताको हामीप्रति अगाध माया र स्‍नेह रहेकाले अब जनताको माझ जानुनै उचित ठानेर यस्तो निर्णय लिएको बताए ।

    ‘तर, मसँग नै परामर्श पनि नगरी म नै अध्यक्षलाई हटाउने प्रयास भएको छ,’ उनले भने, ‘पार्टीको भविष्यका साथै जिम्मेवारी पूरा गर्न अभिभारासहित कमिटी पुनर्गठन गरेको छु ।’

    केन्द्रीय कमिटीको बैठकमा सबैलाई बोलाएको थिएँ तर आएनन, उनले थपे, ‘४४१ केन्द्रीय सदस्य २ जना आमन्त्रित केन्द्रीय सदस्य र चार जना पछि थपिएका गरी कूल ४४७ जना रहेकोले यसलाई अझ बृहत बनाउन र सहकार्य गर्न ५५६ जना सदस्य थप गरेको जनाकारी गराउँदछु ।

    अहिले रहेका कमिटी पनि निर्वाचित होइन भन्दै ओलीले भने, ‘उनीहरु पनि मनोनित नै हुन । तर महाधिवेशन गरेर निर्वाचित हुने कार्यमा उनीहरू कहिल्यै लागेनन् । सधै सरकारको काममा असहयोग गरेर बखेडा झिके ।’

    पार्टीले त सरकालाई नीतिगत ,रूपमा निर्देशन एवं सहयोग र समर्थन गर्नुपर्नेमा पार्टीको सानो जमातले सधै सरकारको इर्ष्या, मानोकांक्षा, कुण्ठा, अनुउत्तर दायी प्रवृत्तिमात्र देखाएको उनले बताए ।

    सरकारविरुद्ध भएका अनुचित तथा झुटा प्रचार रोक्न र प्रतिवाद गर्न समेन उनीहरुले सकेनन् । कार्यकर्ता पंक्तिलाई पनि निराश बनाए ।

    सरकारले गरेका राम्रा कामसमेत भर्सक ओझेलमा पार्ने, उल्टै बंग्याइटिंग्याइ कुप्रचार गर्ने विपक्षलाई साथ दिएको आरोप उनको थियो, ‘त्यति मात्रले पुगेन सरकारमाथि सधै झुटा र घिनलाग्दा आरोप पनि लागिरह्यो ।

    सम्बन्धित समाचार