प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

  • मंसिर २२, २०७७ सोमवार
  • ०८:५८:११ बजे
  • 3.7K
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    काठमाडाैँ : प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक भोलि मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

    संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका वेला प्रधानमन्त्री ओलीले अकस्मात् सर्वदलीय बैठक डाकेका हुन् । 

    हिजो आइतबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । उनले आफू पूर्ववत् सर्तअनुसार बैठकमा उपस्थित हुन नसक्ने पत्रमार्फत जनाएका थिए । 

    बैठकमा अहिलेको बदलिँदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरूको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # ओली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार