ओलीले रावललाई सोधे—कसको ईजाजतले शितल निवास जानुभो ?

ओलीले रावललाई सोधे—कसको ईजाजतले शितल निवास जानुभो ?

  • पौष १, २०७७ बुधवार
  • २०:०२:०९ बजे
  • 5.8K
    SHARES
  • ओलीले रावललाई सोधे—कसको ईजाजतले शितल निवास जानुभो ?

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

    संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत

    लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् ।

    बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए ।  जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका थिए ।


    बुधबार दिउँसो पौने १ बजेतिर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउन गएका थिए । पत्रमा नेकपाका ८३ सांसदको हस्ताक्षर थियो । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता नगरेपछि रावल र भुसाल साँझसम्मै शीतल निवासमा बसेका थिए । उनीहरु सवा ६ बजेतिर स्थायी कमिटीको बैठक सकिएपछि मात्रै शीतलनिवासबाट फर्किए ।

    रावल र भुसाल पत्र लिएर शीतल निवास पुगेपछि केपी ओली पक्षका नेताहरुमा हल्लीखल्ली मच्चिएको थियो । शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरु अब सरकार पनि ढल्ने भयो र पार्टी सकिने भो भन्ने निश्कर्षमा पुगेर निराश देखिएका थिए ।

    तर, बेलुकासम्म अध्यादेश पनि फिर्ता गर्ने र राष्ट्रपति कार्यालयमा पु-याइएको निवेदन पनि फिर्ता हुने सहमति जुटेपछि निराश बनेका नेताहरु आशावादी बनेको एक नेताले बताए ।

    अन्ततः विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि नै केपी ओली गलेको र

    अध्यादेश फिर्ता लिन बाध्य भएको एक नेताले दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # ओली
  • # रावल
  • # शितल निवास

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार