संसद विघटनको विरोध

बागलुङमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

बागलुङमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

  • पौष ५, २०७७ आइतवार
  • १७:५६:०४ बजे
  • 8.9K
    SHARES
  • बागलुङमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

    बागलुङ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको बागलुङमा पुत्ला दहन भएको छ ।

    संसद विघटनको विरोध गर्दै प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको हो ।

    संसद विघटन गरेर निरङ्कुशता निम्त्याएको उनीहरुको आरोप छ ।

    Putla 11.jpg

    पुत्ला दहनपछि बोल्दै नेपाल विद्यार्थी संघ बागलुङका धौलागिरि क्याम्पस इकाई सभापति दिनेश पन्तले

    सर्वसत्तावाद लाद्ने प्रयास अनुरुप संसद विघटन गरिएको भन्दै यसको सशक्त प्रतिकार गरिने बताए ।

    ‘प्रधानमन्त्रीले केपि ओलीले श्री ३ बन्ने चाहाना अनुसार जननिर्वाचित संसद विघटन गरेर निरङ्कुशता लाद्ने कोसिस

    गरेका छन्,’ उनले भने,‘यसले गर्दा लोकतान्त्रिक गणतन्त्र र संघियता लगायत अहिलेको संविधान माथि नै धावा बोल्ने काम भएको छ ।’

    Putla 22.jpg

    प्रधानमन्त्रीले चालेको गैरजिम्मेवारपूर्ण कदमको सवैतिरबाट ससक्त प्रतिवाद हुनुपर्ने उनको भनाई छ ।

    कार्यक्रमको सञ्चालन धौलागिरि बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनबहादुर थापा मनिषले गरेका थिए ।

    प्रधानमन्त्री पुत्ला जलाउँदै नेविसंघका कार्यकर्ताले वर्तमान सरकार, प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गरेका थिए ।

    प्रधानमन्त्रीको हरेक गलत कदमलाई राष्ट्रपतिले

    साथ दिएको उनीहरुको आरोप छ । 

    Putla 33.jpg

     

    सम्बन्धित समाचार