दुर्घटना

बागलुङ रामरेखामा मोटरसाईकल दुर्घटना, एक घाईते

बागलुङ रामरेखामा मोटरसाईकल दुर्घटना, एक घाईते

  • पौष ४, २०७७ शनिवार
  • १५:०४:१२ बजे
  • 10.1K
    SHARES
  • बागलुङ रामरेखामा मोटरसाईकल दुर्घटना, एक घाईते

    बागलुङ : बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा ओमशान्ति चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । 

    शनिरबार दिउसो बा ९२ प २०३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका ३१ वर्षीय नेत्र कार्कीको 

    दाइने हात भाँचिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले जानकारी दिए ।

    घाईलेलाई उपचारको लागि पोखरा रेफर गरिएको इन्स्पेक्टर भण्डारीको भनाई छ । टेलिकम रोडबाट रामरेखा जादै गरेको

    मोटरसाईकल रामरेखाबाट आउदै गरेको लु ४ त ३२३४ नम्बरको ट्याक्टरसँग झुक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका मोटरसाइकल चालक

    रुजित थापा भने सकुशल रहेको भण्डारीको भनाई छ । ट्याक्टर चालकसँग दुर्घटना सम्बन्धि सोधबुझ भइरहेको बताइएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # मोटरसाईकल दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार