बागलुङ : बागलुङमा थप ७ जनामा कोरोना पुष्टी भएको छ ।
मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआरप परिक्षणमा ७ जनामा कोरोना पुष्टी भएको हो ।
लक्षणको आधारमा परिक्षण गर्दा संक्रमण पुष्टी भएको बताईएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका—१ का ३१ वर्षीया महिला, बानपा—१३ का ५८ वर्षीय पुरुष, बानपा—२ का २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
बागलुङ नगरपालिका—३का २९ वर्षको पुरुष र ४८ वर्षकी महिला, बानपा—४ को २९ वर्षका पुरुष तथा बानपा—१२ का ३० वर्षका पुरुषलाई पनि कोरोना पुष्टी भएको घिमिरेले बताए ।
अहिलेसम्म बागलुङमा ९०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उनीहरुमध्ये ८५६ जना निको भएका छन् । ८ जनाको मृत्यु भएको छ ।
अहिले ३७ जना सक्रिय संक्रमित रहेको घिमिरेले बताए ।
पछिल्लो समय लक्षण देखिएकाहरुको मात्रै कोरोना परिक्षण गर्ने गरिएको छ ।