सुवास आचार्य,बागलुङ : नेपाल परिवार नियोजन संघ बागलुङले दिवंगत सस्थापक सभापति ओमकारप्रसाद गौचनका योगदानको चर्चा गर्दै बागलुङमा स्मृतिसभा सम्पन्न गरेको छ ।
२०३४ सालमा बागलुङमा परिवार नियोजन संघ स्थापना गरेका गौचनको गत कात्तिक २६ गते उपचारका क्रममा काठमाडौंको दीर्घायु अस्पतालमा निधन भएको थियो । नेपाल परिवार नियोजन संघ बागलुङका सस्थापक सभापति एवं राजनीतिज्ञ ,शिक्षासेवी गौचनले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
संघका सभापति निर्माण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवार नियोजन संघका केन्द्रीय सदस्य ज्योती श्रेष्ठ,संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल ,परिवार नियोजन संघका पुर्व सभापति कृष्णशकर श्रेष्ठ,
पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी परिवार नियोजन संघका उपाध्यक्ष देववहादुर श्रेष्ठ लगाएतले गौचनले बागलुङमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
वक्तहरुले जिल्लालाई झोलुंगे पुलको परिचय दिलाउनुका साथै शैक्षिक क्षेत्रको परिवर्तनमा गौचनले महत्त्वपूर्ण योगदान दिएको भन्दै प्रजातान्त्रिक आन्दोलनमा मात्र नभई बागलुङ, धौलागिरि र पश्चिमाञ्चलको शैक्षिक,
राजनीतिक र सामाजिक विकासमा विस १९८३ देखि नै महत्त्वपूर्ण योगदान दिएको स्मरण गरेका थिए । कार्यक्रम परिवार नियोजन संघ बागलुङका सचिव करुणप्रसाद श्रेष्ठले गर्नु भएको थियो ।
मुस्ताङको ७ सय थाक थकाली गाउँमा जन्मिएर १९८३ मा बागलुङलाई कर्मथलो बनाएका ओमप्रसाद गौचन र उनका छोरा ओमकारप्रसाद गौचनले आधुनिक बागलुङको निर्माणका लागि
विद्यामन्दिर माध्यमिक विद्यालय, विद्यामन्दिर पुस्तकालय, परिवार नियोजन संघ, लुम्बिनी विकास कोषलगायत विभिन्न क्षेत्रमा कुशलतापूर्वक काम गरेका थिए ।