लामो झोलुङ्गे पुल हेर्नकै लागि पोखरा बुटवलबाट बागलुङमा

लामो झोलुङ्गे पुल हेर्नकै लागि पोखरा बुटवलबाट बागलुङमा

  • पौष ३, २०७७ शुक्रवार
  • १०:०२:५९ बजे
  • 8.8K
    SHARES
  • लामो झोलुङ्गे पुल हेर्नकै लागि पोखरा बुटवलबाट बागलुङमा

    बागलुङ : कोरोना महामारी रोकिएको छैन । कोरोनाका कारणले तहस नहस भएको क्षेत्र जोखिममा बीच पनि लय समाउने कोशिसमा छन् । कोरोना जोखिमले ठप्प भएको पर्यटन क्षेत्र विस्तारै जुर्मुराउन थालेको छ ।

    विगत केही वर्ष यता बागलुङमा पर्यटकीय ठाउँहरु थपिने क्रम जारी ।  बानपा—१ रामरेखा देखि पर्वत पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुल अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । कोरोना कहरका बीच यो पुल  हेर्नका लागि आउनेहरुको संख्या दैनिक बढ्दो छ । 

    नजिकका मात्र होईन टाढा टाढाबाट गाडी नै लिएर पुल हेर्नकै लागि आउनेहरु पनि बढ्न थालेका छन् । बुटवलबाट घुम्नका आएका कृष्णप्रसाद श्रेष्ठले पुल हेरेपछि रमाईलो अनुभूति भएको बताए ।

    ‘हामी बुटवलबाट आएका थियौं, लामो पुल बनेको छ भन्ने थाहापाएपछि हर्न भनेर आएको हो,’ उनले भने,‘निकै रमाईलो भयो । यहाँको हावापानी हिमाल र पहाडसंग एकैसाथ भेट हुन पाईने ठाउँ गज्जब लाग्यो ।’ 

    लामो झोलुङ्गे पुल देखेर आफु आश्चार्यमै परेको उनले बताए । ‘समाचारहरुमा पढ्दा खासै विश्वास लाग्थेन यति लामो पनि पुल हुन्छ र भन्ने लाग्थ्यो,’ उनले भने,‘यहाँ आएर आफ्नै आँखाले देख्न पाउँदा खुसी लाग्यो । र

    माईलो पनि भयो ।’ पोखरा घर भएकी सुनिता गुरुङले बागलुङ कालिका मन्दिरको दर्शनसंगै पुल हेर्न आएको बताईन् । 

    ‘हामी पोखराबाट आफ्नै गाडी लिएर आएका छौं,’ गुरुङले भनिन्,‘कालिका मन्दिरमा आउने निकै धोको थियो । अहिले झन् लामो पुल बनेपछि कहिले पुगौंला भन्ने भएको थियो । कोरोनाले गर्दा सुरुमा आउन पाईएन ।

    अहिले आएको निकै रमाईलो लाग्यो ।’ पुलको यात्रामा आफुले फरक अनुभूति गर्न पाएको उनले सुनाईन् । ‘लामो भएर होला बीचमा पुग्दा त पुल अलि हल्लिदो रहेछ,’ उनले भने,‘पहिलो चोटी आएको पुल हल्लिदा त आङ नै सिरिङ्ग हुँदो रहेछ ।’
     

    मानिसहरु धेरै भएको कारण पनि पुल धेरै हल्लिएको उनको अनुभव छ । ‘हामी जस्तै धेरै जना पुल हेर्न आएका रहेछन, धेरै भएपछि पुल हल्लियो,’ उनले सुनाईन् ।

    संसारकै लामो सिंगल स्पानको झोलुङ्गे पुल भनेर दाबी गरिएको यो पुलमा दैनिक सयौंको संख्यामा आगन्तुकहरु घुम्न आउँछन् ।

    अहिले बागलुङ पोखरा राजमार्गमा पुल हेर्न आएकाहरुले पार्किङ गरेका सवारी साधनको लर्को नै देख्न सकिन्छ । विदाको दिनमा त बालबालिकालाई भुलाउने ठाउँ नै लामा पुल बनेको छ । 

    नजिकैको कालिका मन्दिरमा आउने भक्तजनहरु नजिकैको पुल नतरी फर्किदैनन् । पुल हेर्नका लागि आफु आएको काठेखोलाका झगबहादुर खड्काले बताए ।

    ‘पुलको बारेमा निकै चर्चा सुनेको थिएँ,’ उनले भने,‘कोरोनाका डरका कारण पहिले आउने सकिएको थिएन । अहिले सबै कुरा अलि शान्त हुँद गएपछि पुल हेर्नका लागि भनेरै यहाँ आएका छौं ।’

    विश्वमै लामो पुल भनेको भन्ने सुनेपछि अझ यहाँ आउने कौतुहलता बढेको उनी बताउँछन् । ‘विश्वकै लामो पुल हाम्रो ठाउँमा बनेको छ भन्ने सुनेपछि उही बेला आउन मन लागेको हो,’ उनी भन्छन् ।

    सरकारले लक डाउन खोलेर सबै क्षेत्रलाई विस्तारै खुला गरेपछि पर्यटन क्षेत्र जुर्मुराएको छ । 

     

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # लामो झोलुङ्गे पुल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार