बागलुङ : बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ ।
वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।
“बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरुले देख्नुभएको रहेछ”, अधिकारीले भन्नुभयो, “वन कार्यालयको
टोलीले मृत चितुवा उठाएर ल्यायो ।” के कारणले चितुवा म¥यो भन्न नसकिएको उहाँले बताउनुभयो । चितुवाका शरीरमा कुनै चोटपटक छैन ।
मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ ।