प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

  • पौष १, २०७७ बुधवार
  • ०७:१७:४१ बजे
  • 3.4K
    SHARES
  • प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

    काठमाडौं : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् ।

    २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए ।

    ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र तपाईंले प्रमुख सचेतकबाट राजीनामा दिनुस्’ बालुवाटार निकट स्रोतले भन्यो ।

    जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए । ओलीले भने दलको नेता ९आफू०विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् ।

    गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।

    स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।

    पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।

    सम्बन्धित समाचार