नियमित यौन सम्पर्कले स्वास्थ्यका लागि हुन्छ यस्ता फाइदा

नियमित यौन सम्पर्कले स्वास्थ्यका लागि हुन्छ यस्ता फाइदा

  • फाल्गुण १२, २०७७ बुधवार
  • ०९:५८:२२ बजे
  • 10.3K
    SHARES
  • नियमित यौन सम्पर्कले स्वास्थ्यका लागि हुन्छ यस्ता फाइदा
    फाइल तस्बिर

    यौनसम्पर्क एउटा मानसिक गतिविधि हो जुन सम्पूर्ण शरीरको सहभागिताको साथ गरिन्छ । यसलाई यसकारण मानसिक समस्या भन्ने गरिन्छ कि यौनसम्पर्क यसले मान्छेलाई एकत्रित गर्नेदेखि शरीरको लागि समेत राम्रो व्यायामको काम गर्ने गर्छ । तर हाम्रो मानसिक स्वास्थ्यको लागि यसले कति धेरै लाभ प्राप्त गराउँछ त रु

    यौन सम्पर्कले हाम्रो मस्तिष्क र मांसपेशीलाई पनि शान्त गर्न मद्धत गर्छ । धेरै चिकित्सकहरु आफ्नो स्वास्थ्य पति र पत्नीबीच यौन सम्बन्धको आधारमा अनुमान गर्ने गर्छन् । जब तपाईं नियमित रूपमा यौन सम्पर्क गर्नुहुन्छ यसले शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको अनुभूति गराउँछ ।

    नियमित रुपमा यौनसम्पर्क गर्नुको धेरै फाइदाहरु हुन्छन् । मान्छेको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने, तनाव कम गर्ने, मुटुलाई सुदृढ पार्ने, राम्रो निद्रा प्राप्त गर्ने आदि कार्यको लागि पनि नियमितको यौन सम्पर्क सहायकसिद्ध हुन्छ । नियमित यौनसम्पर्कका फाइदाहरु निम्नानुसारका छन् ।

    यसले हाम्रो शरीरमा प्रतिरोध क्षमता बढाउँछ

    पेन्सिलभेनियाको विल्किस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हप्तामा कम्तीमा एक वा दुईचोटि यौनसम्बन्ध राख्ने व्यक्तिहरूको शरीरमा इम्युनोग्लोबिन ए उच्च मात्रा हुन्छ । यौनसम्बन्धले भाइरस, ब्याक्टेरिया र कीटाणुविरूद्ध लड्ने क्षमता बढाउँछ ।

    किनकि यसले उनीहरूविरूद्ध एन्टिबडीहरू तयार गर्न मद्दत गर्छ । यी एन्टिबडीहरूले शरीरको प्रतिरक्षा प्रणालीको अग्र मोर्चामा रहेर काम गर्ने गर्छ । यौनमा सक्रिय जोडीहरू नियमित रूपमा यौन सम्पर्क नगर्ने दम्पतीभन्दा कम बिरामी हुन्छन् ।

    तनाव नियन्त्रणको लागि प्रभावकारी

    जब तपाईं यौनसम्पर्कको समयमा अर्गेज्मको अनुभव गर्नुहुन्छ, तपाईंको शरीर एन्डोर्फिन्स लगायतका हार्मोन भरिएको हुन्छ । यी हार्मोनहरूले हाम्रो मानसिक विकास सहयोग पु¥याउने गर्छन् । यिनै हर्मोनहरुले हाम्रो चिन्तित दिमागलाई शान्त बनाउँछ । तपाईंले आफैंलाई महसुस गरेको हुनुपर्छ दिनमा थकित महसुस हुँदाहुँदै पनि दम्पतीको साथ ओछ्यानमा राम्रो समय बिताएपछि तपाईंका सबै चिन्ताहरू दूर हुन्छन् ।

    मुटु स्वास्थ्यको लागि सजिलो औषधि

    तपाईंले सुन्नु भएको छ कि यौनसम्पर्क एक ठूलो व्यायाम हो । यो कुनै गहन किसिमको व्यायाम त होइन तर हाम्रो मुटुको दर यौन गतिविधिका कारण धेरै माथि जान्छ । प्रतिमिनेट १२० बीट्ससम्म मुटुको दर बढ्ने गर्छ । हार्ट बिटको यो दरलाई एक कोमल व्यायामको रूपमा चिन्ने गरिन्छ । हिँड्नु हाम्रो मुटुको लागि उत्तम व्यायाम हो । योसँगै नियमित यौन सम्पर्क गर्नु पनि मुटुको लागि उस्तै उपयोगी हुन्छ ।

    गहिरो निद्राका लागि

    चलचित्रहरूमा हामी देख्छौं कि नायक–नायिकाहरू समेत गहिरो प्रेमसँगै यौनसम्पर्क गरेपछि गहिरो निद्रामा हराएका हुन्छन् । यो स्वाभाविक हो किनकि यौनसम्पर्कको क्रममा हाम्रो शरीरले अक्सिटोसिन भन्ने हर्मोन निकाल्छ । योे हर्मोन पार्टनरसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । यसका साथै कोर्टिसोल भनिने अर्को हार्मोन पनि हुन्छ, जसले तनाव कम गर्न मद्धत गर्छ । यी दुई हार्मोन्सको संयुक्त प्रयासका कारण तपाईंको शरीर स्वाभाविक रूपमा तनावमुक्त हुन्छ र निद्रा लाग्छ ।

    महिनावारीको बेला पेटको दुखाइ कम गर्न

    पेटको दुखाइ कम गर्नको लागि पनि यौन सम्पर्कको उपचार खोज्न सकिन्छ । पेटमा हुने तीब्र किसिमको दुखाइ एकदमै पेट दुखेको बेलामा यदि तपाईं पार्टनरसँग यौनसम्पर्कमा संलग्न हुनुहुन्छ भने यसले डोपामाइन, अक्सिटोसिन र एन्डोरफिन जस्ता हर्मोनहरूको विकास गरी महिनावारीको पीडालाई कम गर्न मद्धत गर्दछ ।

    छाला निखारता ल्याउँछ

    कसलाई गुलाबी गाला मनपर्छ कसैलाई मन पर्दैन । यसले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । तपाईंको छालामा पर्याप्त अक्सिजनको लागि पनि यौन सम्पर्क प्रभावकारी हुने गर्छ ।

    यस्तो छ जाडो याममा यौन चाहना बढी हुने कारण

    पुरुषहरूलाई जाडोमा यौन सम्पर्क राख्ने चाहना बढी हुन्छ। जाडो याममा दिन छोटो र रात लामो हुन्छ। रात लामो र जाडो हुने भएकाले निद्रा प्यारो लागे पनि चाँडै सुत्दा बीचैमा बिउँझिने हुन्छ।

    त्यसमाथि जाडोका कारण गुँडुल्किएर बस्ने अर्थात् एकापसमा आलिंगन गरेर सुत्ने हुँदा यौन कार्यमा लाग्ने सम्भावना बढी हुन्छ। चिसो मौसममा न्यानो र कसैको सामीप्य चाहने इच्छा बढी हुन्छ। त्यसैको परिणाम मन मिल्ने पार्टनर भेटियो वा उपयुक्त वातावरण बन्यो भने चिसो भगाउने राम्रो उपाय भनेको यौन गतिविधि हुन सक्छ।

    त्यसैले पनि होला डेटिङ ब्लगका संस्थापक डिमिट्रियस फिग्वेरोयाले ‘जाडो भगाउने सबैभन्दा सरल उपाय सेक्स नै हो’ भनेका छन्।  बु्रकलिन, न्युयोर्कका मनोविज्ञ मारिस कोहेनका अनुसार गर्मी यामभन्दा जाडोमा मानिसहरू सामाजिक कामकाज एवं घुलमिलबाट टाढा रहन चाहन्छन्।

    एक्लो वा सामाजिक रूपमा अलग्गिएर बस्दा भौतिक रूपमा बढी चिसो भएको अनुभूति हुन्छ। यस्तो परिस्थितिमा घरभित्र शारीरिक ऊर्जा पाउने भनेको यौनकर्मबाट हो। अनुसन्धानकर्ताहरूका अनुसार डिसेम्बरमा ९मंसिररपुसतिर० पुरुषमा टेस्टोस्टेरोन हर्मोनको मात्रा बढी हुने गरेको पाइएको छ।

    सम्भवतः मौसम एवं निद्रामा आएको परिवर्तनले गर्दा उक्त हर्मोनको मात्रा बढेको आँकलन गरिएको छ। पुरुषमा यौन चाहना बढाउने टेस्टोस्टेरोन हर्मोन नै हो।  सेरोटोनिन खुशी बढाउने न्युरोट्रान्समिटर ९एकखाले स्नायु संवेनदशील तत्त्व० हो।

    यथेष्ट सूर्यको प्रकाशको अभावमा मानव शरीरमा सेरोटोनिनको मात्रा घट्न गई डिप्रेस्ड हुने र एक्लो महसुस हुने हुन्छ। यही कारणले पनि होला, अन्य बेलाभन्दा जाडो याममा व्यक्तिले पार्टनरको सामीप्य बढी चाहने हुन्छ। रमाइलो र खुशी पार्ने हर्मोन उत्पादन गर्ने कार्य भनेको यौन सम्पर्कका कारण प्राप्त हुने चरमसुख नै हो।

    त्यसैले जाडोमा खुशी र आनन्दित हुन नियमित यौन सम्पर्क आवश्यक हुन्छ। युरोप, अमेरिकातिर त डिसेम्बर बिदा हुने, मान्छेहरूले फुर्सद पाउने समय हो। त्यसैले पनि पार्टी, जमघटका कार्यक्रम बढी हुने गर्छन्। नेपालमा पनि बिहे, भोजभतेर, पिकनिक आदि जाडो मौसममा बढी हुन्छन्।

    यस्तो सामाजिक जमघटले एकातिर एकान्तपन हट्छ भने अर्कातिर चिन्ता, डिप्रेसन पनि घट्ने गर्छ। साथै, जमघटका बेलाको खानपान तथा मद्यपानले पनि यौन सम्बन्ध राख्ने कार्यलाई बढावा दिन्छ। त्यसमाथि विवाह आदि कार्यमा सहभागी भएर फर्केका दम्पतीलाई आफूमा पनि एकपटक फेरि जवानी फिरेको महसुस हुँदो हो।

    जसले गर्दा अलि सुस्ताइसकेको यौन सम्बन्ध जुर्मुराउन थाल्छ। पुरुषको दाँजोमा महिलाले आफ्नो जीउ अलि तातो महसुस गर्दा रहेछन्। यौन सम्पर्कपछि निश्चित रूपमा दुवै पार्टनरको शारीरिक तापक्रम बढ्ने गर्छ। गर्मीमा पसिना, पसिनाको गन्ध, च्यापच्यापी लाग्ने जीउका कारण धेरैले चाहेर पनि यौन कार्यपछि टाँसिएर बस्न रुचाउँदैनन्। तर, जाडो मौसम त्यो हिसाबले सहज हुन्छ।

    यस मौसममा यौन कार्यपछि पनि निकै समयसम्म आलिंगनमा बसिरहन जोडी रुचाउँछन्। यौन कार्यपछि विशेषतः पुरुष पार्टनरले गर्ने गल्ती भनेको आफ्नो यौनेच्छा पूरा हुनासाथ भित्तातिर मुन्टो फर्काएर सुत्ने गर्छ। तर, जाडो याममा यौन सम्पर्कपछि पनि टाँसिएर बस्ने हुँदा दाम्पत्य सम्बन्ध सुमधुर बन्न यसले सघाउँछ। 

    जाडोमा पर्याप्त घाम भएन भने भिटामिन डीको कमी हुने सम्भावना हुन्छ। तर, यौन कार्य र प्राक्क्रीडाको कारण अक्सिटोसिन एवं इन्डोर्फिन हर्मोनको उत्पादन बढ्ने कारण सामीप्य बढाउन, दुखाइ हटाउन सघाउ पुग्छ।  गर्मी मौसममा महिला तथा किशोरी आफूलाई सहज हुने खुला लुगा लगाउन रुचाउँछन्।

    तर, जाडोमा बाक्लो लुगा लगाउनुपर्छ। जीउको अधिकांश भाग छोपेर हिँड्नुपर्ने हुन्छ। मानिसको चाहना एवं मनस्थिति पनि कस्तो छ भने जे छैन त्यसैकै इच्छा बढी हुन्छ। अर्थात्, जाडो मौसममा महिला वा किशोरीले जीउ छोपेर लुगा लगाउँदा पुरुषहरूमा तिनीहरूको शरीर अलिकति हेर्न पाए हुन्थ्यो भन्ने लोभ बढ्छ।

    सन् २००८ मा पोल्यान्डमा गरिएको एक अध्ययनबाट यही खुलासा भएको छ। पहिरनकै सवालमा जाडोकै कारणले यदि किशोरी वा महिलाले सुत्ने बेलामा लामो खाले मोजा वा स्टकिङ लगाउने गरेका छन् भने यसले यौनिक आकर्षण बढाउने रहेछ।

    नेदरल्यान्ड्समा गरिएको एक अध्ययनअनुसार महिला वा किशोरी आफैं पनि खाली खुट्टाभन्दा स्टकिङ लगाई गरिएको यौन गतिविधिमा बढी यौन सन्तुष्टि पाउने गरेका रहेछन्। खाली खुट्टामा ५० प्रतिशतले यौन सन्तुष्टि पाउने गरेकोमा स्टकिङ लगाएकामध्ये ८० प्रतिशतले यौन सन्तुष्टि पाउने गरेको अध्ययनमा खुलेको थियो।

    र, अमेरिकाको विल्किस युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार जाडो याममा नियमित यौन सम्पर्क राख्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्छ। यसले मानिसलाई निरोगी राख्न र खुशी राख्न मद्दत गर्ने गरेको पाइयो।

  • सम्बन्धित विषय:

  • # यौन सम्पर्क

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार