बिहे गर्न लागेका युवकलाई गुण्डाहरुले अपहरण गरेर गुप्तांग नै काटिदिए पछि...

बिहे गर्न लागेका युवकलाई गुण्डाहरुले अपहरण गरेर गुप्तांग नै काटिदिए पछि...

  • मंसिर २८, २०७७ आइतवार
  • १४:४५:३५ बजे
  • 8.3K
    SHARES
  • बिहे गर्न लागेका युवकलाई गुण्डाहरुले अपहरण गरेर गुप्तांग नै काटिदिए पछि...
    फाइल तस्बिर

    काडमाडौं : २ साथीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद बढेपछि एक युवकलाई गुण्डाहरुले अपहरण गरेर जंगलमा लगेर उनको गुप्तांग नै काटिदिएका छन् ।

    ती युवकको बिहे हुँदै थियो । बिहेको ३ दिनअघि उनको गुप्तांग काटिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो गम्भीर घटना उत्तर प्रदेशको बागपत जिल्लाको भएको बताइएको छ ।

    पीडित युवकका साथीले नै अन्य २ जनालाई साथमा लिएर उनलाई बन्धक बनाएको र उनको गुप्तांग काटिदिएको समाचारमा जनाइएको छ ।

    उनलाई घाइते हालतमा छाडेर अपहरणकारीहरु फरार भएका थिए । अहिले पीडित युवकको स्थिति निकै गम्भीर भएको बताइएको छ । उनलाई उपचारको लागि हायर सेन्टर रिफर गरिएको छ ।

    पीडित समीर नामका युवकको आफ्ना साथी परवेजसँग १ लाख रुपैयाँलाई लिएर विवाद थियो । पीडित समीरका अनुसार उनीकहाँ उनका साथी परवेजको नाम लिएर २ जना आएका थिए ।

    उनीहरुले आफूलाई पैसा दिन दबाब बनाएको समीरको आरोप छ । समीरले तत्काल पैसा दिन नसक्ने बताएपछि ती दुई जनाले जबरजस्ती समीरलाई लिएर जंगलमा गएर उनको गुप्तांग काटिदिएका थिए ।

    समीरले यसको जानकारी जसोतसो आफ्ना परिवारलाई दिए । परिवारले उनलाई गम्भीर हालतमा अस्पताल लगेका थिए । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार उनको स्थिति अत्यन्तै चिन्ताजनक छ ।

  • सम्बन्धित विषय:

  • # गुप्तांग
  • # बिहे

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार