काठमाडाैँ : नायिका वर्षा राउतले लकडाउन अगाडि २ वटा चलचित्र साइन गरिन् । उनले साइन गरेका दुबै चलचित्र ‘२ नम्बरी र के घर के डेरा’मा मुख्य नायकको रुपमा दयाहाङ राई छन् । चलचित्र ‘२ नम्बरी’को छायांकन केही प्रतिशत चलिरहँदा लकडाउन भयो ।
लकडाउन सकिएपछि वर्षाले म्यूजिक भिडियोमा काम गरिन् । उनी आफैले पनि आफूलाई नयाँ चलचित्रको अफर नआएको बताएकी छिन् । यसरीहेर्दा, वर्षाको हातमा लकडाउन अगाडि साइन गरेका २ चलचित्र मात्रै छन् । यतिबेला धमाधम चलचित्रको काम भैरहेको छ ।
केही नायिकाहरु चलचित्रको काममा व्यस्त छन् । तर, वर्षा भने म्यूजिक भिडियोमा मात्रै व्यस्त छिन् । उनले अभिनय गर्ने भनिएका दुबै चलचित्रको छायांकन सुरु हुन सकेको छैन । वर्षाले काम गर्ने चलचित्रको छायांकन सुरु हुनका लागि दयाहाङले समय दिनुपर्ने हुन्छ ।
तर, दयाको हातमा दर्जन बढी चलचित्र छन् । उनलाई चलचित्रका लागि समय मिलाउन नै धौ धौ पर्ने देखिएको छ । दयाले चलचित्र ‘बिहे पास’को काम सुरु गर्दैछन् । बैशाख २ गतेबाट चलचित्र ‘कबड्डी ४’को छायांकन सुरु हुने चर्चा छ ।
यसरीहेर्दा, दयासँग जेठ अगाडि समय नै छैन । चलचित्र ‘के घर के डेरा’का निर्देशक सुव्रतराज आचार्य जेठबाट चलचित्रको छायांकन सुरु गर्ने योजना रहेको बताउँछन् । चलचित्र ‘२ नम्बरी’को छायांकन चैत्र १५ गतेबाट सुरु गर्ने योजना निर्माता किरण नेपालीको छ ।
तर, दयाको समय नमिलेसम्म यी दुबै चलचित्र सुरु हुने संभावना छैन । यी दुबै चलचित्रका लागि दयाले समय दिएनन् भने वर्षा राउत खाली बस्नुपर्नेछ ।
यो पनि
२० तस्बिरमा वर्षा राउतको सुन्दरता
नायिका वर्षा राउतले केहि पहिला बिवादमा तानिइन् । बिवादपछि उनी अहिले भने शान्त महशुस गरेकी छन् । उनी हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।
दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् ।
