वर्षाका लागि ‘जात्रै जात्रा’ विशेष फिल्म

वर्षाका लागि ‘जात्रै जात्रा’ विशेष फिल्म

  • जेठ ७, २०७८ शुक्रवार
  • १५:१९:२५ बजे
  • 7.1K
    SHARES
  • वर्षाका लागि ‘जात्रै जात्रा’  विशेष फिल्म

    काठमाडाैँ : नायिका वर्षा राउतले करिअरको छोटो समयमा चलचित्र क्षेत्रमा राम्रै सफलता पाइन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘नाई नभन्नु ल ४, जात्रा, छक्का पन्जा, छक्का पन्जा २, जात्रै जात्रा’ बक्स अफिसमा हिट भए । 

    यी चलचित्रले वर्षालाई नेपालको पहिलो रोजाइको नायिकाको रुपमा पनि स्थापित गरिदियो । उनै, वर्षाका लागि भने चलचित्र ‘जात्रै जात्रा’ विशेष छ । सामाजिक संजालमा फ्यानसँग अन्तरक्रिया गरिरहने यी नायिकाले फ्यानको एक प्रश्नमा आफ्नो विशेष चलचित्र ‘जात्रै जात्रा’ रहेको जवाफ दिएकी छिन् । उसो त, उनलाई उनका फ्यानले ‘गोपी र जात्रा’ मध्ये कुन मनपर्छ भनेर सोधेका थिए ।

    तर, वर्षाले आफूलाई यी दुबै चलचित्र मन परेपनि ‘जात्रै जात्रा’ व्यक्तिगत रुपमै मन परेको चलचित्र बताएकी छिन् । यो चलचित्र वर्षाकै करिअरको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने चलचित्र हो । वर्षालाई अर्का एक फ्यानले पल शाह र नाजिर हुसेन मध्ये को मनपर्छ भनेर सोधेका छन् ।

    जसमा वर्षाले दुबै मन पर्ने उल्लेख गरेकी छिन् ।नायक संजोग कोइरालासँग बिहे गरेकी वर्षालाई अर्का एक फ्यानले ‘राउत र कोइराला’मा कुन मनपर्छ भनेर सोधेका छन् । जसमा वर्षाले ‘राउत’ मनपर्ने उल्लेख गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # वर्षा राउत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार