ओली र गोकुलको फोटोसहित एमाले कार्यालय खुल्यो

ओली र गोकुलको फोटोसहित एमाले कार्यालय खुल्यो

  • फाल्गुण २४, २०७७ सोमवार
  • १८:२३:१० बजे
  • 3.6K
    SHARES
  • ओली र गोकुलको फोटोसहित एमाले कार्यालय खुल्यो

    काठमाडौं : सर्वोच्च अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर देशभरका कार्यकर्ताले खारेजीमा परेको नेकपाको कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रमलाई तीब्रता दिएका छन् ।

    केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार नेपाल कम्युनिष्‍ट पार्टी ९नेकपा० को ठाउँमा एमाले थपेर साइनबोर्ड संशोधन गरिने केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए ।काभ्रेस्थित नेकपा कार्यालयमा सोमवारै एमालेको साइनबोर्ड राखिएको छ ।

    जिल्ला अध्यक्ष अशोक ब्यान्जुको नेतृत्वमा कार्यकर्ताले एमालेको फ्लेक्समा केन्द्रीय अध्यक्ष ओली र जिल्ला इन्चार्ज गोकुल बास्कोटाको फोटो समेत राखेर कार्यालयको एमालेकरण गरेका छन् ।

    अब एमालेको कार्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष ब्यान्जुले बताए । धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका नगरपालिका संघका अध्यक्ष ब्यान्जु नेकपा विभाजनपछि पार्टी अध्यक्ष भएका थिए ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # एमाले

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार