डेढ लाख घुससहित यसरी समातिए कर अधिकृत

डेढ लाख घुससहित यसरी समातिए कर अधिकृत

  • फाल्गुण २७, २०७७ बिहिवार
  • ०७:५२:४२ बजे
  • 3.1K
    SHARES
  • डेढ लाख घुससहित यसरी समातिए कर अधिकृत
    प्रतिकात्मक तस्बिर

    जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाईसेवाग्राहीबाट

    १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।

    दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घुस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार