बागलुङ : अख्तीयारको टोलीले घुस सहित प्रहरी नायव निरीक्षकलाई पक्राउ गरेको छ । लेनदेनको केस मिलाईदिने भनि सेवाग्राहीसंग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराबाट खटिएको टोलीले प्रहरी नायव निरीक्षक रुपनारायण महातोलाई रंगेहात पक्राउ गरेको हो ।
अख्तीयारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार महतोलाई घुस लिँदै गर्दा ३८ हजार नगद सहित रंगेहात पक्राउ गरिएको हो । गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत उनलाई गुल्म नजिकैबाट पक्राउ गरेर अनुसन्धान भैरहेको प्रवक्ता भण्डारीले बताए ।