बागलुङ । निसीखाेलाका युवा समाज सेवी डिबी कुँवरले बाढी पीडितका लागि रू एक लाख ५५ हजार ५५५ सहयाेग गरेका छन् । भाेटेकाेशीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुँवरले सहयोग गरेको बताए ।
पीडितको दुःखमा साथ दिने मानवीय भावनाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको उनकाे भनाइ छ। प्राकृतिक विपत्तिका बेला विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट भइरहेको सहयोगले पीडितलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरे।
स्थानीय तहमा सामाजिक सेवामा सक्रिय रहँदै आएका कुँवरको व्यक्तिगत सहयोगलाई समेत उदाहरणीय मानिएको छ। विपद्को समयमा सबै क्षेत्रबाट सहकार्य र सहयोग आवश्यक रहेको सरोकारवालाहरूले बताए।
त्यस्तै लायन्स क्लब अफ निसीखोलाले पनि ३३ हजार ३३३ सहयोग गरेको छ।
