बागलुङ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि बागलुङका ८ पालिकाले २९ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।
बाढीले पुर्याएको ठूलो मानवीय तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पीडितको उद्धार र राहतको लागि पालिका, जनप्रतिनिधि र कर्मचारीबाट रकम संकलन गरेर सहयोग गर्न थालेका हुन् ।
गलकोट नगरपालिकाले छ लाख ७० हजार, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले पाँच/पाँच लाख, निसीखोला गाउँपालिकाले ३ लाख, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिकाले दुई/ दुई लाख र जैमिनी नगरपालिकाले एक लाख सहयोग गर्ने भएका छन् ।