तमानखोला गाउँपालिकाले गर्यो जेष्ठ नागरिक सम्मान

तमानखोला गाउँपालिकाले गर्यो जेष्ठ नागरिक सम्मान

  • पौष २३, २०७७ बिहिवार
  • १९:२०:१६ बजे
  • 4.9K
    SHARES
  • तमानखोला गाउँपालिकाले गर्यो जेष्ठ नागरिक सम्मान

    छबिलाल पाण्डे, बुर्तिबाङ : तमानखोला गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले ९० वर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । 

    बिहिबारदेखि थालिकाएको अभियानमा गाउँपालिकाले वडा नम्बर १ र २ का जेष्ठ नागरिकलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

    136173471_753148132283968_6122220608334218339_o.jpg

    “जेष्ठ नागारिक अनुभवका खानी, विकास गरौँ सम्मान गर्ने बानी” भन्ने नाराका साथ गाउँपालिकाले प्रत्येक वडाका जेष्ठ नागारिकलाई तीन हजार रुपैयाँ र स्थानीय स्तरमा उत्पादित दोसल्ला ओढाएर सम्मान गरिएको तमानखोला गाउँपालिका शिक्षा अधिकृत तथा महिला बालवालिका तथा जेष्ठ नागारिक प्रमुख पुर्ण बहादुर घर्तीले जानकारी दिए ।

    137025891_753148075617307_2318065995787244270_o.jpg

    पछिल्लो समय जेष्ठ नागरिकलाई सम्मान गर्ने कुरामा कमी आएको भन्दै जेष्ठ नागरिकका अनुभवबाट धेरै सकरात्मक कुरा सिक्न सकिने भन्दै सम्मान गरीएको गाउँपालिका अध्यक्ष बुण मगरले बताए ।  

    सो अवसरमा बोङगादोभान स्वास्य चौकिमा जेष्ठ नागरिकको निःशुल्क  स्वास्थ्य परिक्षण समेत गरिएको थियो । कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको विशेष उपस्श्थिती, प्रमुख प्रशासकीय अधिकृत विकास लम्साल, वडा नम्बर १ का वडा अध्यक्ष थम बहादुर  रोका, वडा नम्बर २ का अध्यक्ष मिन बहादुर घर्ती

    136703405_753148032283978_2674231187024823153_o - Copy.jpg

    लगाएतको उपस्थिति रहेको थियो । जेष्ठ नागरीक सम्मान कार्यक्रम शुक्रबार वडा नम्बर ३ र ४ मा हुने गाउँपालिकाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • # बाढी पीडित

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार