बागलुङ । भोटेकोशी बाढी पीडितका लागि बिहुँकोट अन्तर्राष्ट्रिय समाजले पाँच लाख रुपैयाँ सहयाेग गरेकाे छ । समाजले बाढी पीडितकाे उद्दार तथा पुन:स्थापनाका लागि सहयाेग गर्ने निर्णय गरेकाे हाे ।
समाजले प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषमा उक्त रकम जम्मा गर्ने समाजका अध्यक्ष पण्डित देविलाल सुवेदीले जानकारी दिए । समाजले काठेखोला गाउँपालिकामार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरि काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा र उपाध्यक्ष तेजबहादुरलाई समाजका उपाध्यक्ष महेन्द्रप्रसाद कँडेल, सह–कोषाध्यक्ष हरिप्रसाद सापको र सदस्य कृष्णप्रसाद कँडेलले हस्तान्तरण गरेका हुन् ।
समाजल आपसी एकता, सहकार्य, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले निरन्तर क्रियाशील रहँदै आएको छ।