बागलुङ । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले बाढी प्रभावित क्षेत्रका नागरिकको राहत र पुर्नस्थापनाका लागि उद्धार कोषमा उक्त रकम जम्मा गरेकाे हाे ।
संस्थाको सञ्चालक समिति, सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति तथा सम्पूर्ण कर्मचारीको तर्फबाट गरी उक्त सहयोग गरेको अध्यक्ष चण्डीप्रसाद शर्मा पाैडेलले जानकारी दिए । सहकारी संस्था समुदायको सुख दुःखको साथी रहेकोले पुर्नस्थापनामा ऐक्यबद्धता जनाउन सहयोग गरेको जनाएको छ ।
विनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा, चितवन लगायतका जिल्लाहरुमा भएको ठुलो धनजनको क्षतिप्रति संस्थाले दुःख व्यक्त गरेको छ । संस्थाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यमा जुट्न अपिल गरेको छ ।