राहात

बाढी पीडितलाई कालिका भगवती गुठीकाे  ५ लाख  ५५ हजार ५५५ सहयोग

बाढी पीडितलाई कालिका भगवती गुठीकाे  ५ लाख  ५५ हजार ५५५ सहयोग

  • भाद्र १६, २०८३ मंगलवार
  • १६:०६:०० बजे
  • 731
    SHARES
  • बाढी पीडितलाई कालिका भगवती गुठीकाे  ५ लाख  ५५ हजार ५५५ सहयोग

    बागलुङ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतका लागि ५ लाखभन्दा बढी सहयोग गर्ने भएको छ । गुठीको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएपछि सोमबार बसेको पहिलो बैठकले बाढी पीडितका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोष उद्वार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

    गुठीका लेखापाल दुर्गा खड्काका अनुसार प्राकृतिक विपत्तिले देशमा संकट निम्त्याएको बेला बाढी पीडितको उद्वार र राहतमा राज्यलाई साथ दिने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषलाई सहयोग गर्ने निर्णय भएको छ । 

    नयाँ समितिको पदस्थापनसँगै कार्यभार सम्हालेका खड्काले प्रतिक्रिया दिँदै देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालीका भगवती मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रचनात्मक कार्यको थालनी गर्ने बताए ।

    कालीका भगवती मन्दिरमा नयाँ वर्ष, बडादशै र चैत्राष्टमीमा भक्तजनको भिड लाग्ने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाका लागि देशभरबाट भक्तजन कालिका मन्दिरमा आउने गर्छन् । पछल्लो समय छिमेकी भारतबाट समेत भक्तजन मन्दिर आउने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # बाढी पीडित
  • # कालिका भगवती गुठी

  • नवराज नेपाली

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार