ढोरपाटन–४ धिरीमा स्वास्थ्य इकाईको भवन उद्घाटन

ढोरपाटन–४ धिरीमा स्वास्थ्य इकाईको भवन उद्घाटन

  • फाल्गुण ६, २०७७ बिहिवार
  • २१:१७:१३ बजे
  • 6.6K
    SHARES
  • ढोरपाटन–४ धिरीमा स्वास्थ्य इकाईको भवन उद्घाटन

    बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर ४ धिरी टोलमा रहेको धिरी सामुदायिक स्वास्थ्य ईकाईको नव नवनिर्मत भवन उद्घाटन गरिएको छ ।  भवन उद्धघाटनसँगै स्वास्थ संस्थाबाट सञ्चालन हुने वर्थिङ सेन्टर सेवाका लागि आवश्यक पर्ने सामग्री समेत प्राप्त भएको छ ।

    करीब दुईलाख तीस हजार मुल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजनाको तर्फबाट उक्त सामग्री प्राप्त भएको वडा अध्यक्ष तिलक पुनले जानकारी दिए । कार्यक्रम धिरी सामुदायकि स्वास्थ इकाईको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा ढोरपाटन नगरपालिका ४ का वडा अध्यक्ष तिलक पुनको अध्यक्षता र खुङ्गा स्वास्थ्य चौकीका प्रमुख चन्द्रबहादुर  विश्वकर्माको स्वागत र उमेश बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    जिल्ला समन्वय समिति बागलुङका सदस्य तारा कुमारी पुनले नबनर्मिति भवनको उद्घाट गरेकी हुन । वर्थिङ सेन्टरका सामग्रीहरु ग्रामीण स्वास्थ्य सुधार परियोजना अनुगमन तथा मुल्यांकन अधिकृत वेदप्रकाश शर्मा र फिल्ड सुपरभाइजर रामेश्वर शाहले हस्तान्तरण गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # ढोरपाटन

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार