हिमपात

बागलुङको ढोरपाटनमा हिमपात

बागलुङको ढोरपाटनमा हिमपात

  • माघ २३, २०७७ शुक्रवार
  • १६:३०:३७ बजे
  • 10.6K
    SHARES
  • बागलुङको ढोरपाटनमा हिमपात
    फाइल तस्बिर

    बुर्तिबाङ : बागलुङको ढोरपाटनमा हिमपात भएको छ । हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । ढोरपाटन लगाएत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको हो ।

    बिहिबार साँझदेखि मौसम परिवर्तन भई राति एक बजेदेखि ढोरपाटनमा हिमपात भएको शत्रुमर्दन गुल्म ढोरपाटनका गुल्मपति मोहन कुमार थापाले बागलुङ पोस्टलाई जानकारी दिए । ढोरपाटनमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो ।

    यसभन्दा अगाडी गत मंसिर १ गते हिमपात भएको थियो । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ । पशुचौपायालाई दाना खुवाउन र दैनिक क्रियाकलाप समेत गर्न समस्या भएको बलेन्द्रबहादुर विकले बागलुङ पोस्टलाई जानकारी दिए । 

    हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधाहरु पनि राम्रोसँग चल्न सकेका विकले बताए । लामो समय पानी नपर्दा कृषकहरु निराश भएका थिए । बिहिबारदेखि मौसम परिवर्तन भई हल्का वर्षा भएपछि कृषकमा खुसी छाएको छ ।

    हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भएपनि बारीमा भएको गहुँ जौँलाई भने पर्याप्त वर्षा नभएको विकको भनाई छ ।ढोरपाटन तथा निसीखोलाको वडा नम्बर ५ र ६ को माथिल्लो भू–भाग, पूर्वी रुकुम सिमानामा हिमपात भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • # हिमपात

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार