पाेखरा : प्रहरीले पोखराको रामकृष्ण टोलबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पोखरा -४ रामकृष्ण टोल निवासी ३३ वर्षीय कुमार श्रेष्ठ र भक्तपुर जिल्ला घर भई पोखरा-४ रामकृष्ण टोल बस्दै आएका ४५ लक्ष्मीकृष्ण भासिमालाई कास्की प्रहरीको टोलीले लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजापा १ सय १३ एम्पुल, फेनेरागन एक सय १३ एम्पुल, नुर्फिन एक सय १३ एम्पुल सहित दुई थान मोवाइल फोन बरामद गरेको छ ।
लागूऔषध लिएर हिंडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्ररही कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिनुभयो ।
उनीहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट एक हप्ता म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
कास्की प्रहरीले एक एकसात यता पोखरामा लागूऔषध कारोवारी तथा प्रयोग कर्तालाई पक्राउ गर्न सक्रिय बनेको छ ।