बलत्कारको आरोपमा पक्राउ परे भाईरल अर्जुन विक

बलत्कारको आरोपमा पक्राउ परे भाईरल अर्जुन विक

  • माघ १३, २०७७ मंगलवार
  • २१:५२:५५ बजे
  • 3.9K
    SHARES
  • बलत्कारको आरोपमा पक्राउ परे भाईरल अर्जुन विक

    काठमाडौं : काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

    घोडाघोडी नगरपालिका—२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए ।


    प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

    उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

    काठमाडौंको तीन कुनेबाट पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # अर्जुन विक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार