विमानस्थलबाट पेस्तोलका ५० थान गोली सहित एकजना पक्राउ

विमानस्थलबाट पेस्तोलका ५० थान गोली सहित एकजना पक्राउ

  • पौष २०, २०७७ सोमवार
  • १३:३१:१५ बजे
  • 2.9K
    SHARES
  • विमानस्थलबाट पेस्तोलका ५० थान गोली सहित एकजना पक्राउ

    काठमाडौं 
     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

    झापा मेचीनगर—२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।


    राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।

    यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # विमानस्थल
  • # गोली सहित
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार