आशिषको हत्या गर्ने  तीन युवा पक्राउ

आशिषको हत्या गर्ने  तीन युवा पक्राउ

  • चैत्र ४, २०७७ बुधवार
  • १७:२९:२० बजे
  • 4.0K
    SHARES
  • आशिषको हत्या गर्ने  तीन युवा पक्राउ

    काठमाडौं : काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन् ।

    गत फागुन २९ गते टोखा नगरपालिका–१, मालुङस्थित सडक किनारमा रहेको बासको झ्याङमा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । लगत्तै प्रहरी वृत्त, महाराजगञ्ज र काठमाडौं प्रहरीको टोलीले अनुसन्धान थालेको थियो ।

    त्यसक्रममा लिम्बूलाई कुटपिटपछि घाँटी चिथेर हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताए । प्रहरी वरिष्ठ उपरीक्षक  सिंहले भने, ‘मञ्सुरीले सञ्चालन गरेको बाइक वर्कसपभित्र हत्या भएको थियो भने शवलाई तन्नामा पोको पारेर फ्यालिएको पाइएको छ ।’

    उनीहरुले शवलाई फ्याल्नका लागि ग्राहकले बनाउन दिएको दुई वटा स्कुटर प्रयोग गरेको पाइएको सिंहले बताए । उनका अनुसार शवलाई मञ्सुरी र शेख अबदुलले स्कुरटरको बीचमा राखेर लगेका थिए भने भुपेन्द्रले अर्को स्कुटर चलाएर निगरानी गरेको पाइएको छ ।

    प्रहरीले शेख अबदुललाई एमडी मोटरसाइकल वर्कसपबाट पक्राउ गरेको जनाएको छ भने भारतीय नागरिक शाह नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । सिंहका अनुसार कासिम मञ्सुरी चाहिँ भागेर रौतहट पुगिसकेका थिए ।

    उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटसँगको समन्वयमा पक्राउ गरिएको हो । तीन जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार