दाङ : जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसार पसारमा संलग्न २ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय दाङका सार्वजनिक गरेको हाे ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बाघको छाला ओसारपसार गरि बिक्री भईरहेको भन्ने गोप्य सूचनाको आधार खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठी खोलाबाट २ जनालाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा सल्यान, वागचौर नगरपालिका वडा नम्वर ९ का २९ वर्षका सन्दीप डाँगी र सोही पालिका वडा नम्बर १५ का ३७ वर्षका ईन्द्रबहादुर थापा बिक रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले बाघको टाउकोदेखि पुच्छरसम्मको ४ फिट ५ ईन्चको छाला बरामद गरेको छ। यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरको मोटरसाईकल र ३ थान मोबाईल पनि बरामद गरि प्रहरी उपरीक्षक चन्दले सार्वजनिक गरे ।
उनका अनुसार उक्त छालाको १० लाखमा कारोबार भईरहेको बताए। पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसार पसारमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरि थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरी उपरीक्षक चन्दले बताए।
जिल्ला प्रहरी कार्यालय दाङले मोटरिाईकल चोरीको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउपालिका वडा नम्बर ६ का १९ वर्षका ओसिन खान र सोही ठाउँका १८ वर्षका बरुन कुमाल रहेका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । घटनामा संलग्न भएकाहरुमाथि थप अनुसन्धान भईरहेको उनले बताए।