अकोराव गण्डकी प्रदेशको उपाध्यक्षमा बागलुङकी शर्मा

अकोराव गण्डकी प्रदेशको उपाध्यक्षमा बागलुङकी शर्मा

  • फाल्गुण २८, २०७७ शुक्रवार
  • १५:३३:०९ बजे
  • 4.9K
    SHARES
  • अकोराव गण्डकी प्रदेशको उपाध्यक्षमा बागलुङकी शर्मा
    शितल शर्मा

    बागलुङ : सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) गण्डकी प्रदेशको उपाध्यक्षमा बागलुङकी शितल शर्मा निर्वाचित भएकी छिन् । बिहीबार काठमाडौंमा सम्पन्न सातौँ राष्ट्रिय अधिवेशनमा रेडियो ढोरपाटनबाट शर्मा निर्वाचित भएकी हुन् ।

    शर्मा गायिका समेत हुन् । अध्यक्ष पदमा गणेश श्रेष्ठ चयन भएका छन् । थ्री एञ्जल रेडियोका स्टेशन म्यानेजर श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको अकोरावले जनाएको छ । सो अधिवेशनमा सचिवमा रोशन तिवारी, कोषाध्यक्षमा शेखर थापालाई चयन गरिएको छ । 

    shital.jpg

    अन्य सदस्यहरुमा हरिशरण पण्डित, शिवकुमार श्रेष्ठ र घनश्याम गौतम चयन भएको बताइएको छ । यसैबीच, अकोरावको केन्द्रीय अध्यक्षमा रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी निर्वाचित भएको अकोरावले जनाएको छ ।

    acorab.jpg

    उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मी शितल शर्माले आफूमाथि थप जिम्मेवारी थपिएकाले आफ्नो कार्यकालको अवधीमा संस्थालाई थप मर्यादित बनाएर अघि बढाउने बताइन् । उनि समाजसेवाको काममासमेत सक्रिए हुँदै आएकी छन् ।

    शर्मा राष्ट्रय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको सदस्य एवं तथा अनामनगर समितिकी संयोजकसमेत हुन् ।

  • सम्बन्धित विषय:

  • # शितल शर्मा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार