बुर्तिबाङमा नेकपा एमाले र माओवादी केन्द्रको कार्यालय स्थापना

बुर्तिबाङमा नेकपा एमाले र माओवादी केन्द्रको कार्यालय स्थापना

  • फाल्गुण २८, २०७७ शुक्रवार
  • १९:१६:४० बजे
  • 6.7K
    SHARES
  • बुर्तिबाङमा नेकपा एमाले र माओवादी केन्द्रको कार्यालय स्थापना

    बुर्तिबाङ : सवोच्चको फैसलापछि अलग–अलग भएका माओवादी केन्द्र र नेकपा एमाले बुर्तिबाङका कार्यालय स्थापना गरेका छन् । ढोरपाटन नगरपालिकामा बिहिबार नेकपा एमालेले पार्टी सम्पर्क कार्यालय उद्धघाटन गरेको थियो भने शुक्रबार माओवादी केन्द्र पनि कार्यालय स्थापना गरेको हो ।

    माओवादी केन्द्र ढोरपाटन नगर संयोजक चन्द्रलाल अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा कम्युनिष्ट नेता भद्रमणी सुनारले कार्यालयको उद्धघाटन गरेका हुन् ।  कार्यक्रममा बोल्दै नेता अर्यालले क्रान्तीकारी आर्दश बोकेको नेकपा माओवादी सच्चा कम्युनिष्टको पार्टी भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका गलत क्रियाकलापको विरुद्ध कदम चाल्नु पर्ने बताए ।

    संघीय गणतान्त्रीक अभ्यासमा देश स्थापित भइरहेको अवस्थामा स्थानीय तहदेखि केन्द्रसम्म सरकारका गलत क्रियाकलापले गर्दा देश अधोगति तर्फ गइरहेको बताए । ओलीको एकलौटी शासनले नेकपालाई छिन्नभिन्न बनाएको भन्दै अब नेकपा माओबादी सक्रिय पुर्वक अगाडी बढ्ने बताए ।

    स्थानयी तहदेखि वडासम्म संगठन विस्तार गर्ने उनको भनाई छ । कार्यक्रममा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य शेरमान घर्ती, भद्रमणी सुनार लगाएतले बोलेका थिए । माओवादी केन्द्र ढोरपाटन नगर कमिटी सचिव भिम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

  • सम्बन्धित विषय:

  • # माओवादी
  • # एमाले

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार