चैत १ गतेको तपाईको राशिफल 

चैत १ गतेको तपाईको राशिफल 

  • चैत्र १, २०७७ आइतवार
  • ०७:१२:३७ बजे
  • 2.3K
    SHARES
  • चैत १ गतेको तपाईको राशिफल 

    मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ लामो दुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । अध्ययनमा मन सुधार हुदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । 

    बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो साथीभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा गीत संगित क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ ।  

    कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । 

    सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे स्वास्थ्य सबल हुनाले उपलव्धीमुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरीएको लगानीबाट भनजस्तो नतिजा आउने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगती गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दिदि बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । 

    कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो पति पत्नीका साथ रमाईलो व्यावसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । 

    तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । 

    बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

    धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । 

    मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । 

    कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ ।

    मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ ।

  • सम्बन्धित विषय:

  • # राशिफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार