कर्णालीमा रमाईलो : एमालेको एउटा समुहद्वारा सरकारको समर्थन फिर्ता, अर्कोको कायमै

कर्णालीमा रमाईलो : एमालेको एउटा समुहद्वारा सरकारको समर्थन फिर्ता, अर्कोको कायमै

  • चैत्र ४, २०७७ बुधवार
  • १६:३४:४७ बजे
  • 2.4K
    SHARES
  • कर्णालीमा रमाईलो : एमालेको एउटा समुहद्वारा सरकारको समर्थन फिर्ता, अर्कोको कायमै

    सुर्खेत :  नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । 

    एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले कायमै रहेको बताएको छ ।

    बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले संसदीय दलको बैठक राखे, जसमा एमाले अध्यक्ष केपी ओली समूहका १० प्रदेशसभा सदस्य उपस्थित थिए ।  वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ९ जना प्रदेशसभा सदस्य बैठकमा गएनन् ।

    प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । जसमध्ये राजबहादुर शाही सभामुख छन् ।

    बैठकपछि कँडेलले पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । साथै सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता आउन निर्देशन दिए ।

    तर त्यसको केहीबेरमा नेपाल समूहका सांसदहरुले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।

    एमाले संसदीय दलको नाममा गुटगत बैठक भएको कर्णाली सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेक एमाले सांसद प्रकाश ज्वालाले बताए ।

    ‘गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं’ उनले भनेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ ।’

    नेपाल समूहका सांसद ज्वालाले सरकारलाई एमालेको समर्थन कायमै रहेको समेत बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कर्णाली
  • # समर्थन
  • # फिर्ता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार