कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

  • भाद्र १६, २०७८ बुधवार
  • १४:५७:५८ बजे
  • 3.4K
    SHARES
  • कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

    काठमाडौं : कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

    सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् ।


    कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । हाल एमालेको १६ जना सांसद कायम रहेकामा ३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ ।

    विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ ।

    सम्बन्धित समाचार