विनोद विश्वकर्मा, बुर्तिबाङ : ढोरपाटन नगरपालिकाले आँखा शिवर संचालन गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर ५ को सहिखोलामा शिविर संचालन गर्ने भएको हो । सहिखोलासँगै नगरपलिकाको विभिन्न ठाउँमा समेत शिविर सञ्चालन गरिने लायन्स क्लव अफ ढोरपाटनका अध्यक्ष ऋतुवर्ण पौडेलले जानकारी दिए ।
शिविरमा मोतिया बिन्दुसहित आँखा सम्बन्धित समस्या भएका बिरामीको समस्याको आधारमा बैशाख तेस्रो हप्ता शल्यक्रिय सहितको शिविर आयोजना गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक घनश्यम चालिसेले जानकारी दिए । अप्रेशन बाहेकका सबैलाई आवश्यक अनुसार नगरपालिकाले निःशुल्क चस्मा समेत प्रदान गर्ने छ ।
शिविर बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्र र गलकोट आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा लायन्स क्लव अफ ढोरपाटनको संयोजन हुने बताइएको छ । बैसाख तेस्रो हप्ता बुर्तिबाङमा पुनः हुने शिविरमा हिमालयन आँखा उपचार केन्द्र पोखराको प्रविधिक सहयोग रहने नगरपलिकाले जनाएको छ ।
१ दिने आखाँ शिविरमा बोवाङ र खुंगा लुकुर वनमा गरिने अध्यक्ष पौडेलको भनाई छ । तमानखोला गाउँपालिका र निसीखोला गाउँपलिकामा पनि शिविर गर्नको लगि गाउँपलिकासंग छलफल भईरहेको पौडेलले जानकारी दिए ।