थम्मन थापा
गलकोट : गलकोट मल्ममा निःशुल्क आँखाको शल्यकृया तथा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३८ जनाको निःशुल्क सल्यकृया गरिएको छ । शिविरबाट २ सय २५ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका—७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स कल्व अफ बुटवल मणिउजेस रुपन्देहीको आर्थिक सहयोग तथा सिर्जनशिल महिला समुह आगाँखेतको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
गलकोट र आसपासका नागरिकहरु कार्यक्रमबाट लाभान्वित भएका छन ।
आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका बिरामीहरुलाई राहत भएको श्रीकष्ण भैरव आँखा उपचार केन्द्र गलकोट मल्मले जनाएको छ । ग्रामीण भेगमा निःशुल्क सेवा पाउँदा स्थानीय हर्षित भएका छन ।यो कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा अगाडि बढाउने लक्ष्य रहेको बताईएको छ ।
एक वर्ष पहिले स्थापना भएको आँखा उपचार केन्द्रलाई स्थानीय सरकार, संघ संस्था, महिला समुहले सहयोग गर्दै आईरहेका छन ।