मनोज गजुरेलसँग विवाहको हल्लामा वर्षाले भनिन् ‘मनोज गजुरेलको र मेरो बाटो अलग छ’

मनोज गजुरेलसँग विवाहको हल्लामा वर्षाले भनिन् ‘मनोज गजुरेलको र मेरो बाटो अलग छ’

  • मंसिर ३०, २०७७ मंगलवार
  • ०८:०३:५७ बजे
  • 5.4K
    SHARES
  • मनोज गजुरेलसँग विवाहको हल्लामा वर्षाले भनिन् ‘मनोज गजुरेलको र मेरो बाटो अलग छ’

    काठमाडौं : केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा बिभिन्न टिप्पणी समेत भइरहेका छन् ।

    यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री बर्षा शिवाकोटीलाई भने तनाव बढेछ ।
    सायद, त्यसैले पनि होला उनले सोमबार एकस्टाटस पोष्ट गर्दै समाचारको बिषयमा आक्रोस समेत ब्यक्त गरेकी छन् ।

    ‘बर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हँुदै भनेर बिभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’ उनले भनिन् ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ ।’

    पत्रकारितामा गलत न्यारेटिक सेट गर्ने हिसावले फैलाईएका यस्ता हल्लाहरुले सहि अर्थमा प्रत्रकारिता गर्ने माथी पनि प्रश्न उठेको अनुमा गरेकी उनले फेसबुकमा अगाडि लेखकी छन् ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ । मेरो उहाँ प्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु प्रचार गर्दा कस्को फाइदा होला र रु।

    उनी थप्छिन् ‘कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’

  • सम्बन्धित विषय:

  • # मनोज गजुरेल
  • # वर्षा शिवाकोटी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार