नगरप्रमुख नेपालीको सर्वदलीय टोलीद्वारा ध्यानाकर्षण 

नगरप्रमुख नेपालीको सर्वदलीय टोलीद्वारा ध्यानाकर्षण 

  • चैत्र १०, २०७७ मंगलवार
  • १९:५४:२२ बजे
  • 7.8K
    SHARES
  • नगरप्रमुख नेपालीको सर्वदलीय टोलीद्वारा ध्यानाकर्षण 

    छविलाल पाण्डे

    जिल्लाको ढोरपाटन नगरपालिकाको कामप्रति असन्तुष्टी जनाउँदै सर्वदलीय टोलीले नगरप्रमुखको ध्यानाकर्षण गराएको छ । 

    ढोरपाटन नगरपालिका क्षेत्रमा क्रियाशील राजनीति दलहरुले स्थानीय तहमा जनप्रतिनिधिले गर्नुपर्ने धेरै अधिकारी भए पनि सबैको अपनत्व रहने र दीर्घकालीन रुपमा जनताको हित हुनगरी काम गर्नुपर्ने माग गर्दै नगरप्रमुख देवकुमार नेपालीको ध्यानाकर्षण गराएको हो । 

    उनीहरुले नगरप्रमुख नेपालीलाई चारबुँदे माग समेत राखेका छन् । 

    राजनीतिक दलहरुको बुर्तिबाङमा बसेको संयुक्त वैठकले उत्तरगंगा माविको खेलमैदान जोगाउन माग गरेको छ । नमुन शहर बुर्तिबाङ बन्दै गर्दा पनि उचित खेलमैदान नभएको भन्दै खेलमैदानको अभाव टार्न मैदान जोगाउनुपर्ने, भूकम्प, दैवी प्रकोप आउँदा जनता जनताहरु सुरक्षित स्थलमा वस्ने अन्यत्र ठाउँ नभएको, इमर्जेन्सी अवस्थामा हेली बस्ने ठाउँ नभएको र खेलमैदान  भवन निर्माणले मासिँदै गर्दा विद्यार्थीहरुलाई समेत खेलमैदान अभाव हुने भन्दै तत्काल निर्माण हुन लागेको नमुना भवन खेलमैदानमा निर्माण नगरी विद्यालयकै अन्य भूभागमा निर्माण हुने गरी सार्न आग्रह गरिएको छ ।

     बुर्तिबाङ बसपार्क अतिक्रमण हुँदै गएको र वसपार्कलाई थप व्यवस्थित गरी अन्य कुनै सार्वजनिक संरचना गर्न नहुने बताउँदै संरक्षण गर्नुपर्ने बताइएको छ । तेश्रो बुँदामा गत भाद्र महिनामा आएको बाढिका कारण घरबास गुमाएका ढोरपाटन नगरपालिकाका बासिन्दालाई पुनः निर्माणका निम्ति विभिन्न दाताहरुले उपलब्ध गराएको राहत रकमको सार्वजनिकरण गर्नुपर्ने र तत्काल पीडितहरुको घरवास निर्माणमा ध्यान दिनुपर्ने बताउँदै अन्य स्थानीय तहले आफनै भवन निर्माण गरीसके पनि ढोरपाटन नगरपालिकाले हालसम्म जग्गा व्यवस्थापन र भवन निर्माण गर्न नसकेको बताउँदै तत्काल जग्गा व्यवस्थापन गरी भौतिक संरचना निर्माणमा अगाडि बढाउन सुुझाव सहितको निर्णय नगरप्रमुख देवकुमार नेपालीलाई पेश गर्दै ध्यानाकर्षण गराइएको थियो । 

    कार्यक्रममा नेपाली काँग्रेसको तर्फदेखि दोर्णकुमार कँुवर, जित शेरचन, अर्जुन शेरचन, नेकपा माओवादी केन्द्रको तर्फदेखि चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाको तर्फदेखि दुर्गादेवी घर्तीमगर, नेकपा क्रान्तिकारीको तर्फदेखि निलबहादुर पुन, बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष सोम पौवी, स्थानीय गोपाल महत, धनबहादुर कुँवर, चुडाबहादुर कुँवर, गंगाबहादुर घर्ती, धिरप्रताप सिंह, तुल्सीराम अर्याल, लगायतले सर्वदलिय निर्णयको बुँदाका विषयमा आफनो  धारणा राख्दै स्थानीय सरकारले सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउँदै यसक्षेत्रको विकास र समृद्धिका निम्ति आफुहरुले समेत साथ दिने बताए ।

     कार्यक्रममा नगरप्रमुख देवकुमार नेपालीले बोल्दै राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न तहबाट आएको सुझाब सल्लाहलाई आफुले मनन् गर्दै अगाडि बढ्ने बताउँदै उत्तरगँगा नमुना माविको हालै निर्माण हुन लागेको भवन निर्माण प्रकृया तत्काललाई रोकी सर्वदलीय प्रतिनिधिको रोहबरमा थप विकल्पका साथ अगाडि बढ्ने, नगरपालिका कार्यालय निर्माणका निम्ति सर्वदलीय पक्षसँग समन्वय गरेर जग्गा व्यवस्थापन कार्यमा अगाडि बढ्ने बताए । 

    ढोरपाटन बोबाङका बाढि पीडितका निम्ति केन्द्र सरकारको आशा गर्दा पीडितको आवास निर्माणमा ढिलाई भइरहेको बताउँदै ९७ परिवारका निम्ति आवास निर्माण गर्ने उदेश्य स्वरु दाताले संकलन गरी पठाएको रकमबाट प्रतिपरिवार पचास हजारका दरले रकम हस्तान्तरण गरी सकिएको बताउँदै रकम थप गर्ने गरी आवास निर्माण प्रकृया अगाडि बढाउन प्राविधिक स्टमिट अनुसार निर्देशन दिइ सकिएको बताए । उनले दाताहरुले एकद्वार प्रणालीमा दुइ करोड ४६ लाख उपलब्ध गराएको बताए ।

    नगर प्रमुखको कार्यकक्षमा आयोजित ध्यानाकर्षण कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, क्लब, शिक्षक, बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतको सहभागिता थियो ।

     

  • सम्बन्धित विषय:

  • # सर्वदलीय
  • # ध्यानाकर्षण
  • # नेपाली

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार